coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विना तलब अर्जेन्टिनाको प्रशिक्षक बन्न तयार छु: म्यारोडोना

अर्जेन्टिन–अर्जेन्टिनाका पूर्वकप्तान डिएगो म्यारोडोनाले आफू पुन प्रशिक्षकका रुपमा राष्ट्रिय टोलीमा फर्कन आतुर रहेको बताएका छन्। म्यारोडोनाले यसकालागि विना पारिश्रमिक काम गर्ने  बताएका छन्।

प्रशिक्षक गिराडो मार्टीनोले कोपा अमेरिकापछि पदबाट राजीनामा दिएपछि अर्जेन्टिना नयाँ प्रशिक्षकको खोजीमा छ। यसकालागि उसले डिएगो सिमोनलाई राष्ट्रिय टोलीको प्रशिक्षक बन्न प्रस्ताव गरेको थियो। तर उनले पारिश्रमिक सुविधामा चिक्त नबुझेको भन्दै उक्त प्रस्ताव अस्विकार गरेका थिए।

म्यारोडोनाले यसअघि सन् २००८ देखि २०१० सम्म राष्ट्रिय टिम सम्हालेका थिए। सन् २०१० को विश्वकपको क्वाटरफाइनलमा जर्मनसँग ४—० गोल अन्तरले पराजित भएपछि उनले पद बाट राजीनामा दिएका थिए।

 

प्रकाशित: ५ श्रावण २०७३ ११:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App