coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रियल मड्रिडलाई लेभेन्डोस्कीको आवश्यकता छैन: कार्लोस एन्सिलोटी

म्युनिख—बार्यन म्युनिखका मुख्य प्रशिक्षक कार्लोस एन्सिलोटीले आफ्ना स्ट्राइकर रोर्बट लेभेन्डोस्कीलाई  तत्काल अन्य क्लबलाई बेच्ने कुनै सोच नभएको बताएका छन्।

उनले स्पेनिस जायन्ट रियल मड्रिडको स्ट्राइकिङ लाइनअप विश्वकै उत्कृष्ट खेलाडीले भरिएकाले उसलाई लेभेन्डोस्कीको कुनै जरुरत नभएको बताए। उनले भने, ‘रियल मड्रिडमा क्रिस्टियानो रोनाल्डो ,करिम बेन्जिमा, ग्यारेथ बेल जस्ता विश्वका उत्कृष्ट खेलाडी रहेका छन् र उनीहरुलाई लेभेन्डोस्कीको कुनै आवश्यकता छैन तर हाम्रा लागी लेभेन्डोस्की अमुल्य सम्पक्ती हुन्।’

यता लेभेन्डोस्कीले भने केही समय पहिले बार्यन छाडेर सान्टिआवो वर्नावाओमा जान चाहेको बताएका थिए। साथै रियलले पनि उनलाई भित्राउन मोटो रकम खर्चने सोच रहेको बताएको थियो। दुई सिजन बार्यनमा बिताएका लेभेन्डोस्कीले र्बुन्डेस लिगामा ४७ गोल गरेका छन्।

प्रकाशित: ५ श्रावण २०७३ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App