coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जाकाको आगमनमा आर्सनलको विश्वास

लन्डन– आर्सनलका रक्षक पेर मेर्टेस्करले नयाँ भित्र्याइएका स्विस स्टार ग्रानिट जाकाको आगमनबाट टोलीको प्रदर्शनमा उल्लेख्य सुधार आउने विश्वास व्यक्त गरेका छन्।

जाकासँगको सम्झौता आर्सनलका लागि अत्यन्तै प्रभावकारी भएको बताउँदै त्यसबाट पूरा टोली उत्साहित रहेको मेर्टेस्करको भनाइ थियो । मे महिनामा आर्सनलसँग सम्झौता गरेका २३ वर्षे जाकाको कप्तानीमा गत सिजनमा बोरुसिया मोन्चेनग्लाडबाचले चौथो स्थानमा रहेर जर्मन बुन्डेसलिगा सिजनको अन्त्य गरेको थियो । फ्रान्समा दुई साताअघि सम्पन्न युरोपियन च्याम्पियनसिपमा स्विट्जरल्यान्डले अन्तिम १६ सम्मयात्रा गर्दा पनि जाकाको प्रदर्शन महŒवपूर्ण थियो ।

बेलायती सञ्चारमाध्यमका अनुसार आर्सनलले ३ करोड पाउन्डको हाराहारीमा रकम खर्चेर जाकालाई लन्डन भिœयाएको हो । त्यसो भए उनी मेसुट ओजिल र एलेक्सिस सान्चेजपछि आर्सेन वेंगरको टोलीका तेस्रो महँगो खेलाडी हुन् ।

‘उनी नेतृत्वदायी क्षमताका खेलाडी हुन् । उनको त्यो पक्ष हाम्रा लागि महŒवपूर्ण हुनेछ । अझ मिडफिल्डमा त हामीलाई त्यस्तो गुणको झन बढी आवश्यक पर्छ । उनी मैदानभित्र र बाहिर राम्रो व्यवहार प्रस्तुत गर्ने खेलाडी हुन् । बलसँग हुँदा उनी अद्भूत खेलाडी हुन् । मैदानमा उनको उपस्थितिले टोलीलाई धेरै भरोसा हुन्छ,’ मेर्टेस्करले क्लबको आधिकारिक वेबसाइटमा भनेका छन्, ‘उनको पासिङ कला राम्रो छ । त्यसले खेलमा लय बनाउनेछ । जाकाले आफूसँग भएको क्षमतामैदानमा कसरी उतार्छन् भन्ने हाम्रो प्रतीक्षाको विषय हो । समग्रमा उनलाई भिœयाउनु क्लबको सबैभन्दा राम्रो निर्णय हो ।’

गत सिजनमा लिगका २६ खेल खेलेका फ्रान्सिस कोक्वेलिनले कठिन खेलमा आर्सनललाई प्रतिभाको थुप्रै विकल्प आवश्यक रहेको बताए । टोलीले अघिल्लो सिजन उपविजेता हुँदै सिजन टुंगाएको थियो । लेस्टर सिटीले अनपेक्षित रूपमा लिग जितेपछि आर्सनलको सनसनीपूर्ण सुरुआत उपविजेतामै सीमित भएको थियो ।

‘अघिल्लो सिजन अत्यन्तै प्रतिस्पर्धात्मक भयो । त्यो अनपेक्षित पनि थियो । लेस्टरले जित्ला भनेर कसैले पनि सोचेका थिएनन् । तर उनीहरूले सबलाई आश्चर्यमा पार्दै उपाधि जिते । त्यसैले त्यो अनौठो सिजन रह्यो । फुटबलमा कहिलेकाहिँ त्यस्तो भए पनि अनपेक्षित नतिजाहरूले सधैँ निरन्तरता पाउन सक्दैनन्,’ कोक्वेलिनले भने, ‘सबैले वितेको सिजनमा हामी विजेता हुने अनुमान लगाएका थिए । त्यो जायज पनि थियो ।तर हामी महŒवपूर्ण खेलमा मैदानका सबै भागमा प्रभाव जमाउन सफल भएनौं । जसका कारण असफलता भोग्नुप¥यो । यसपालि हामीले मुख्य खेलमा त्यस्ता गल्ती दोहो¥याउनु हुँदैन । पछिल्ला दुई वर्षमा हामीले मैदानभित्र धेरै सुधार गरेका छौं । सुधारको त्यही प्रक्रियालाई निरन्तरता दिएमात्र पनि यसपालि हामी उपाधिको मुख्य हकदार बन्नेछौं ।’

लन्डनको टोलीले अगस्ट १४ मा घरेलु मैदानमा लिभरपुललाई निम्त्याउँदै नयाँ सिजन सुरुगर्नेछ।

प्रकाशित: ५ श्रावण २०७३ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App