१६ चैत्र २०८० शुक्रबार
खेल

लड्‌र्स मैदानमा नेपालको जीत

लड्‌र्स मैदानमा ब्याटिङ गर्दै कप्तान पारस खड्का।

लन्डन— वेलायतको ऐतिहासिक क्रिकेट मैदान लड्‌र्समा विश्वचर्चित वेलायती क्लब एमसीसीसँग नेपाली राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेलिरहेको छ। खेल हेर्न वेलायतका विभिन्न स्थानमा बसोबास गर्ने १० हजारभन्दा बढी नेपाली दर्शक ओइरिएका छन्।

नेपाली दर्शकको बाक्लो उपस्थिति रहेको खेलमा नेपालले एमसीसीलाई विजयका लागि २१८ रनको लक्ष्य दिएको थियो। नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित ५० अाेभरमा ८ विकेट गुमाएर २१७ रन बनायो। दोस्रो इनिङका लागि अाएको वेलायती क्लब ४२.२ ओभरमा अलअाउट भएर १७७ रनमा सीमित हुन पुग्यो। 

नेपाल बेलायत सम्बन्ध दुई सय वर्ष पुगेको अवसरमा लड्‌र्समा भइरहेको खेलको संयोजन नेपाली दूतावास लन्डनले गरेको हो। खेल हेर्न केन्ट, रेडिङ, ह्याशार, अल्डरशट क्षेत्रमा रहेका दर्शकलाई बस रिर्जभ गरेर रंगशाला आएका छन्।

तमूधि यूके, मगर संघ यूके, गैरआवासीय नेपाली संघ यूके, गोर्खा ब्रिगेड, क्युओजिएलआर अल्डरशट, हेटक्वाटर ब्रिगेट अफ गोर्खा लगायतका दर्जनौं संघसंस्थाले खेलमा व्यापक दर्शक जुटाएका छन्। खेल हेर्न आउने दर्शकलाई ब्यवस्थित पार्ने उद्देश्यले सयौंको संख्यामा स्वयमसेवक खटाइएको छ।

नेपाल बेलायत सम्बन्ध दुई सय वर्ष पुगेको अवसरमा लड्‌र्समा भइरहेको खेलको संयोजन नेपाली दूतावास लन्डनले गरेको हो। खेल हेर्न केन्ट, रेडिङ, ह्याशार, अल्डरशट क्षेत्रमा रहेका दर्शकलाई बस रिर्जभ गरेर रंगशाला आएका छन्।

खेल हेर्न जर्मनीदेखि आएका गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने ऐतिहासीक खेल मैदानमा नेपाली खेलाडी खेलेको देख्दा निकै खुशी लागेको बताए। यति ठूलो खेल विदेशी मैदान हेर्न पाउने कल्पना समेत नगरेको उनले सुनाए। नेपाली क्रिकेटलाई अन्तरार्ष्ट्रिय जगतमा चिनाउने ठूलो अवसरका रुपमा आफूले यसलाई लिएको उनको भनाइ थियो।

२८ हजार दर्शक क्षमता रहेको लड्‌र्स मैदानमा नेपाली राष्ट्रिय टोलीले पहिलो पटक खेल्ने अवसर पाएको हो। सन् १८१४ मा खोलिएको ऐतिहासिक लड्‌र्स क्रिकेट मैदानमा पहिलो पटक सन् १८८४ मा टेष्ट म्याच भएको थियो।

फोटोः चिरन शर्मा

भिडियो

लड्‌र्स मैदानमा ब्याटिङ गर्दै कप्तान पारस खड्का।
लड्‌र्स मैदानमा ब्याटिङ गर्दै कप्तान पारस खड्का।
लड्‌र्स मैदानमा ब्याटिङ गर्दै कप्तान पारस खड्का।
लड्‌र्स मैदानमा ब्याटिङ गर्दै कप्तान पारस खड्का।
लड्‌र्स मैदानमा ब्याटिङ गर्दै कप्तान पारस खड्का।
लड्‌र्स मैदानमा ब्याटिङ गर्दै कप्तान पारस खड्का।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App