८ वैशाख २०८१ शनिबार
खेल

ब्लाटरको शल्यक्रिया सफल

पेरिस- भ्रष्टाचारको आरोपमा सजाय भोगिरहेका विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर छालाको क्यान्सरको शल्यक्रिया गरेर अस्पतालबाट फर्किएका छन्। उनका प्रवक्ताले सोमबार ब्लाटर अस्पतालबाट घर गएको पुष्टी गरेका छन्।

८० वर्षे ब्लाटरको शल्यक्रिया गर्न आवस्यक भए पनि त्यही रोगका कारण उनको जीवन खतरामा भने थिएन।

एक स्विक दैनिक अखवारले ब्लाटरको छालामा भएको क्यान्सरको शल्यक्रिया गर्न आवस्यक भएकाले जुरिचको अस्पतालमा गरिएको बताएको छ। ब्लाटरका प्रवक्ता थोमाज रिनगीलीले भने, 'बुधबार शल्यक्रिया भएको थियो।  सफल भयो। सेप ब्लाटरले बिहीबार अस्पताल छोडेर घर फर्किएका छन्। अहिले उनी ठिक छन्।'

विश्व फुटबलको सर्वोच्व निकाय फिफाको अध्यक्षको रुपमा ब्लाटरले १९९८ देखी २०१५ सम्म जिम्मेवारी सम्हालेका थिए। तर फिफाको अनुसान कमिटीले उनलाई ६ वर्षको लागी सबैखाले फुटबल गतिविधिमा लाग्न नपाउने गरी प्रतिवन्ध लगाएको छ। उनले फिफाको प्रतिवन्ध विरुद्ध कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टसमा अपिल गरेका छन्। जसको सुनवाई अगस्ट २५ मा हुनेछ।

प्रकाशित: २७ असार २०७३ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App