७ वैशाख २०८१ शुक्रबार
खेल

विश्व विजेता जर्मनीलाई पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश

फ्रान्समा जारी युरो कप २०१६ को अन्तिम सेमिफाइनलमा विश्वविजेता जर्मनीलाई स्तब्ध पार्दै आयोजक फ्रान्स फाइनलमा प्रवेश गरेको छ। गएराति मार्सेलीमा सम्पन्न खेलमा फ्रान्सले जर्मनीलाई २-० गोलले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो।

उसको जितमा एन्टिनो ग्रिजम्यान नायक रहे। पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा पेनाल्टीमा गोल गर्दै ग्रिजम्यानले फ्रान्सलाई १-० को अग्रता दिलाएका थिए। जर्मनीका कप्तान स्वाइन स्टाइकरले फ्रान्सका प्याट्रिक इभ्राको हेडरलाई ह्यान्ड गरेपछि इटालियन रेफ्री निकोला रिजोलीले पेनाल्टी दिएका थिए।

पहिलो हाफमा जर्मनीले गरेको चार उत्कृष्ट प्रहारलाई फ्रान्सका गोलरक्षक तथा कप्तान ह्युगो लोरीशले बचाएका थिए।

दोस्रो हाफमा पनि दुवै टोलीले गोलको प्रयास गरेका थिए। खेलको ७२औं मिनेटमा गोल गर्दै ग्रिजम्यानले फ्रान्सलाई २-० को अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल फ्रान्सले २-० गोल अन्तरले जित्यो। जारी प्रतियोगितामा उनको यो छैटौँ गोल हो। उनी सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन्।

फ्रान्सले आइतबार पेरिसमा हुने फाइनलमा पोर्चुगलको सामाना गर्नेछ।

प्रकाशित: २४ असार २०७३ ०५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App