७ वैशाख २०८१ शुक्रबार
खेल

बेल्जियमलाई पराजित गर्दै वेल्स सेमीफाइनलमा

फ्रान्समा जारी युरो कप २०१६ को दास्रो क्वाटरफाइनलमा बेल्जियमलाई पराजित गर्दै वेल्स पहिलो पटक सेमीफाइनलमा  प्रवेश गरेको छ।
गए राति सम्पन्न खेलको १३ औ मिनेटमा रेड्जा नारिनगोल्याण्डले गोल गर्दै बेल्जियमलाईे खेलमा सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ३० औ मिनेटमा वेल्सका ऐश्ले विलियम्सले गोल गर्दै खेल १—१ गोलको बराबरीमा ल्याएका थिए। खेलको पहिलो हाफ १—१ गोलको  सकिएको थियो। खेलको ५५ औ मिनेटमा हल रोब्सन कानुले गोल गर्दै वेल्सलाई २—१ को अग्रता दिलाए। खेलको ८५ औं मिनेटमा वक्सले गोल गर्दै वेल्सलाई ३-१ को अग्रता दिलाए। खेलको अधिकाशं समय बललाई आफ्नो नियन्त्रणमा राखेको बेल्जियमले गोल भने गर्न सकेन। त्यसपछि खेलमा कुनै गोल भएन र वेल्सले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो। वेल्सले सेमीफाइनलमा पोर्चुगलको सामना गर्नेछ।
 

 

प्रकाशित: १८ असार २०७३ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App