२३ असार २०७७ मंगलबार
खेल

कोपा अमेरिका र युरोकपका विजेताबीच खेलको प्रस्ताव

न्यूयोर्क – दक्षिण अमेरिकी फुटबल फेडरेसन कोनमेबोलले युरोपेली फुटबल एसोसियसन युइएपए सामु कोपा अमेरिका सिनसिनारियो र युरोकप २०१६ का विजेताबीच खेलको प्रस्ताव गरेको बताएको छ।
कोनमेबोलका प्रमुख एन्जेन्ड्रो डोमिक्यिुजले आफुहरुले युइएपएलाई युरोकपको विजेताले कोपा अमेरिकाको विजेतको समना गर्न चेतावनी दिएको बताएका छन्। साथै उनले आफुहरु युइएपएको औपचारीक धारणाको प्रतिक्षा गरिरहेको पनि बताएका छन्।
उनले युरोकप भन्दा कोपा अमेरिका बढी चर्चित रहेको पनि बताए। उनले कोपा अमेरिकाका प्रत्येक खेलमा ४६,००० दर्शक आउने गरेको र उनीहरु युरोकप हेर्ने समर्थक जस्ता उत्श्रृखल नभएको पनि बताए।
अमेरिकामा जारी कोपा अमेरिकाको सोमबार हुने फाइनलमा अर्जेन्टिना र चिली भिड्दै छन्। उता युरो कपमा भने शनिबार राती बाट नकआउट चरणका खेलहरु सुरु हुदैछन्।

 

 

प्रकाशित: ११ असार २०७३ १५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App