७ वैशाख २०८१ शुक्रबार
खेल

अन्तिम १६ समिकरण पूरा, नयाँ राष्ट्र फाइनलमा पुग्ने निश्चित (तालिका)

पेरिस– फ्रान्समा जारी युरोकप २०१६ को बुधबारबाट समुह चरणका खेलहरु सकिएका छन्। यससँगै अन्तिम १६ समिकरण पनि पूरा भएको छ। जसअनुसार फाइनलमा एक नयाँ राष्ट्रले प्रवेश पाउने पनि पक्का भएको छ।

अन्तिम १६ मा प्रवेश पाउने टोलि मध्य ६ समुहबाट विजेता र उपविजेता गरी १२ वटा राष्ट्र  नकआउट चरणमा प्रवेश गर्दा अन्य चार टोली भने समुहको तेस्रो स्थानमा रहेको टोली मध्य उत्कृष्ट टोली बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन्।

प्रिक्वाटर–फालइनमा पुगेका टोली

समुह एः फ्रान्स र स्विजरल्याण्ड
समुह बीः वेल्स र  इङल्याण्ड
समुह सीः पोल्याण्ड र जर्मनी
समुह डीः क्रोएसिया र स्पेन
समुह ईः इटाली र बेल्जियम
समुह एफः हंगेरी र आइसल्याण्ड

समुहमा तेस्रो स्थानमा रहँदै उत्कृष्ट चार  टोलीका रुपमा छनोट हुने राष्ट्र

स्लोभाकीया, रिपब्लिक अफ आयरल्याण्ड, नर्थन आयरल्याण्ड र पोर्चुगल

प्रिक्वाटर–फाइनलको प्लट ए मा स्विजरल्याण्ड ,बेल्जियम, पोर्चुगल, हंगेरी, वेल्स, क्रोएसिया, नर्थन आयरल्याण्ड रु पोल्याण्ड रहेका छन्।

प्लट बीमा डिफेन्डिङ च्याम्पियन स्पेन, इटाली, जर्मनी, स्लोभाकीया, आइसल्याण्ड, फ्रान्स, रिपब्लिक अफ आयरल्याण्ड र इङल्याण्ड  रहेका छन्।

प्रिक्वाटरफाइनल खेल तालिका

२५ जुन शनिबार

६ः४५ पोल्याण्ड विरुद्ध स्विजरल्याण्ड, सेन्ट इटिनी रंगशाला
९ः४५ वेल्सविरुद्ध नर्थन आयरल्याण्ड, पेरिस
 १२ः४५ क्रोएसिया विरुद्ध पोर्चुगल, लेन्स

२६ जुन आइतबार

६ः४५ फ्रान्स विरुद्ध रिपब्लिक अफ आयरल्याण्ड ,लियोन
९ः४५जर्मनी विरुद्ध स्लोभाकीया, लिले
१२ः४५ हंगेरी विरुद्ध बेल्जियम, टोउलस

२७ जुन सोमबार

९ः४५ स्पेनविरुद्ध इटाली, सेन्ट डेनीस
१२ः४५ आइसल्याण्डविरुद्ध इङल्याण्ड,  निस

यस प्रिक्वाटर–फाइनलको खेल तालिकाअनुसार गत वर्षको विजेता स्पेन र उपविजेता इटाली आपसमा भिड्ने पक्का भएपछि यी दुई टोली मध्ये एक टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। यस खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि जर्मनी र स्लोभाकीयाको विजेतासँग प्रतिस्र्पधा गर्नेछ।

यता फ्रान्स र आयरल्याण्ड मध्येको विजेताले आइसल्याण्डविरुद्ध इङल्याण्डबिचको विजेताविरुद्ध सेमिफाइनलमा प्रवेश गर्ने भएकाले क्वाटरफाइनलमै  फ्रान्स र इङल्याण्डबिच भिडन्त हुने सम्भावना रहेको छ। यसकारण पनि प्रतियोगिताका दाबेदार शीर्ष टोली मध्ये एक मात्र फाइनलमा प्रवेश गर्नेैछ भने अर्को समुहबाट नयाँ टोली फाइनलमा पुग्ने निश्चित भएको छ।

 

प्रकाशित: ९ असार २०७३ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App