८ वैशाख २०८१ शनिबार
खेल

डिफेन्डिङ च्याम्पिन चिलीको शानदार जित, मेक्सिको ७ गोलले पराजित

सान्टा क्लारा- अन्तिम क्वाटरफाइनलमा मेक्सिकोलाई ७-० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा मेक्सिकोलाई लज्जास्पद हार चखाउने त्रममा  चिलीका इर्ड्वाडो भागसले ४, इड्सन पन्चले २ र एलेक्श सान्चेजले १ गोल गरेका थिए।

खेलको पहिलो हाफमा २-० गोलको अग्रता लिएको चिलीले खेलको दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै थप पाँच गोल गरेको थियो।

यस खेलसँगै कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि नै आयोजक अमेरिका, कोलम्बिया र अर्जेन्टिना सेमिफाइन्लमा प्रवेश गरिसकेका छन्।

प्रकाशित: ५ असार २०७३ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App