४ वैशाख २०८१ मंगलबार
खेल

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो।

यस अघि निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकी खेल बराबरीमा गएको थियो। अतिरिक्त समयमा पनि दुबै टोलीबाट एक एक गोल भई खेल बराबरीमा सकिएकाले खेलको निर्णय पेनाल्टी सुट आउटबाट गर्नु परेको हो।

यस अघि ब्राजिलका नेमारले अतिरिक्त १५ औं मिनेट गोल गरे पछि ब्राजिलको पक्षमा गए पनि क्रोएसियाका विपेटगोभिकले अतिरिक्त समयको २६ औ मिनेटमा गोल गरे पछि खेल बराबरी तिर गयो, र खेलको निर्णय पेनाल्टी गर्नु परेको हो।

क्रोएसियालाई सेमिफाईनलमा पुराउन क्रोएसियाका गोलरक्षक रिभाकोभिच नायक बने। उनले ब्राजिलका रोद्रिगोको प्रहारलाई बचाएका थिए भने मार्किन्हसको प्रहार पोलमा लागेर फर्किएको थियो। निर्धारित समयमा पनि ब्राजिलको धेरै प्रहार क्रोएसियाका गोलरक्षक रिभाकोभिच विफल तुलाएका थिए।

अब क्रोएसियाले फाइनलमा पुग्न आजै राती हुने नेदरल्यान्ड्स र अर्जेन्टिना विचको विजेतासंग खेल्नु पर्नेछ। आज दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्स र अर्जेन्टिना विच नेपाली समयअनुसार मध्यरात १२ः४५ बजे सुरु हुनेछ।

प्रकाशित: २३ मंसिर २०७९ १७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App