१५ चैत्र २०८० बिहीबार
खेल

स्विट्जरल्याण्डलाई ६-१ गाेलकाे अन्तरले हराउँदै पोर्चुगल क्वार्टरफाईनलमा प्रवेश

 फिफा विश्वकप २०२२ अन्तर्गत राउण्ड अफ १६ को जारी खेलमा  स्विट्जरल्याण्डविरुद्ध ६-१ गाेलकाे अन्तरले जित निकाल्दै पोर्चुगलले क्वार्टरफाईनलमा स्थान पक्का गरेको छ ।

कतारको लुसेल आईकोनिक स्टेडियममा बुधबार बिहान भएको राउण्ड अफ १६ अन्तर्गत स्विट्जरल्याण्डविरुद्धको खेलमा पोर्चुगलले स्विट्जरल्याण्डमाथि ६–१ गोल अन्तरको जित निकालदै क्वार्टरफाईनलमा स्थान पक्का गरेकाे  हो ।

पोर्चुगलका लागि गोन्चालो रामोसले ह्याट्रिक गोल पुरा गर्दा रफायल गुरेरोले दुई र पेपेले एक गोल गरे ।

पोर्चुगलका लागि खेलको १७औं मिनटमा गोन्चालोले गोल गर्दै पोर्चुगलको खाता खोलेका थिए भने खेलको ३३औं मिनटमा पेपेले सुन्दर हेडर गोल गर्दै पहिलो हाफमा पोर्चुगलको अग्रता दोब्बर बनाए। त्यस्तै दोस्रो हाफकाे शुरूवाती ५१औं मिनटमा गोन्चालोले ब्यक्तिगत दोश्रो गोल गर्दै पोर्चुगललाई ३–० गोल अन्तरको अग्रता दिलाएका थिए।

खेलको ५५औं मिनटमा रफायलले गोल गर्दै पोर्चुगललाई ४–० गोलको अन्तरमा पुर्याए ।

तर ६७औ मिनटमा गोन्चालोले ब्यक्तिगत ह्याट्रिक गोल गर्दै पोर्चुगललाई ५–१ गोल अन्तरको अग्रता दिलाएका थिए । यो जारी विश्वकपको पहिलो ह्याट्रिक गोल समेत हो ।

यसपछि खेलको अन्तिम मिनटमा रफायलले ब्यक्तिगत दोश्रो गोल गर्दै पोर्चुगललाई ६-१ गोल अन्तरको शानदार जित दिलाए ।

जित निकालेको पोर्चुगलले अब क्वार्टरफाईनलमा मोरक्कोसँग खेल्नेछ । मोरक्कोले मंगलबार राति भएको राउण्ड अफ १६ चरणको खेलमा २०१० को विश्वविजेता स्पेनलाई टाईब्रेकरमा ३–० गोल अन्तरले हराउँदै पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाईनलमा स्थान बनाएको हो ।

प्रकाशित: २० मंसिर २०७९ २०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App