१६ चैत्र २०८० शुक्रबार
खेल

पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबलमा फ्रान्सले पाल्यान्डलाई ३-१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

राउण्ड अफ १६ अन्तर्गत आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो।

खेलको ४४औं मिनेटमा जिरौउडको गोलमा फ्रान्सले अग्रता लिएको थियो। ७५औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए। खेलको इन्जुरी समयमा एमबाप्पेले थुरामको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाए।

खेलको इन्जुरी समयमै पोल्यान्डका रोबर्ट लेवान्डोवस्कीले पेनाल्टीमा गोल गरेका थिए।

अब फ्रान्सले अन्तिम आठमा इंग्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्नेछ।

प्रकाशित: १८ मंसिर २०७९ १७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App