१६ चैत्र २०८० शुक्रबार
खेल

पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ।

स्टेडिय ९७४ मा बुधबार राति पोल्याण्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो।

पहिलो हाफमा कप्तान लियोनेल मेसी पेनाल्टीमा गोल गर्न असफल हुँदा अर्जेन्टिनाले अग्रता लिने मौका गुमाएको थियो। तर, एलेक्सिस म्याक एलिस्टर ले ४८औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो।

अर्जेन्टिनाका लागि ६७औं मिनेटमा जुलियन अल्भारेजले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए।

यस्तै पोल्याण्ड पनि यसै अन्तिम १६ मा पुगेको छ। मेक्सिकोलाई गोल अन्तरमा पछाडि पार्दै नकआउट चरणमा प्रवेश गरेको हो।

प्रकाशित: १४ मंसिर २०७९ २१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App