५ वैशाख २०८१ बुधबार
खेल

क्यामरुनविरुद्ध स्विजरल्यान्ड १–० ले विजयी

क्यामरुनलाई १–० को अन्तरले पराजित गर्दै स्विजरल्यान्डले विजयी सुरुआत गरेको छ।  

बिहिबार अल जानोउब स्टेडियममा सम्पन्न समूह ‘एच’ को पहिलो खेलमा स्विजरल्यान्डलले विजयी सुरुआत गरेको हो। स्विजरल्यान्डलाई जित दिलाउन इम्बोलोले निर्णायक गोल गरे।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ४८औं मिनेटमा इम्बोलोले गोल गर्दै स्विजरल्यान्डलाई अग्रता दिलाएका थिए।

क्यामरुनले खेलको अन्तिम समयसम्मपनि थुपै्र गोल गर्ने अवसर सृजना गरेपनि त्यसलाई गोलमा कन्भर्ट गर्न भने सकेन। जितसँगै स्विजरल्यान्डले समूह ‘एच’ मा तीन अंक जोडेको छ ।

राती १२ः४५ हुने समूह ‘एच’ को दोस्रो खेलमा ब्राजित र सर्विया प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित: ८ मंसिर २०७९ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App