१ असार २०८३ सोमबार
image/svg+xml
समाज

घरको टपले किचेर सीतादेवीको मृत्यु

सांकेतिक तस्बिर

वीरगञ्जमा निर्माणधिन घरको टप भत्किदा च्यापिएर एक महिलाको ज्यान गएको छ ।

वीरगञ्ज महानगरपालिका-६ का ओम अग्रबालको निर्माणाधीन घरमा काम गर्दै गरेको बेला अचानक घरको टप भत्किदा च्यापिएर बाराको परवानीपुर-४ की ३२ वर्षीया सीतादेवी मुसहरको ज्यान गएको हो ।

बिहीबार दिउँसो घर निर्माणको काम भइरहेको बेला घरको टपसहित इट्टाको पर्खाल अचानक भत्किदा च्यापिएर मुसहर गम्भीर घाइते भएकी थिइन् ।

घाइते मुसहरलाई उपचारका लागि नारायणी अस्पतल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।  

प्रकाशित: १४ जेष्ठ २०८३ १९:४१ बिहीबार