२१ मंसिर २०८२ आइतबार
image/svg+xml
समाज

ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा धादिङको धुनिबेसीमा ७ सवारी दुर्घटना

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्।

स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेको छ। दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ।

दुघटनास्थलमा रहेका पत्रकार आशीष ठकुरी अनुसार दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन्।

घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौंतर्फ पठाइएको र प्रहरीद्वारा दुर्घटनामा परेका सवारीलाई हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ।

प्रकाशित: २० मंसिर २०८२ १८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App