१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु

‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ शनिबारदेखि सुरु भएको छ ।  

सो सम्मेलनको आज यहाँ समालोचक प्राडा वासुदेव त्रिपाठीले उद्घाटन गरे । उद्घाटन सत्रमा नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषा साहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ शीर्षकको बृहत् ग्रन्थको लोकार्पण गरिएको छ ।

उक्त ग्रन्थमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयसँग सम्बन्धित २५ वटा गहन अनुसन्धानात्मक आलेख समावेश गरिएको नइ एकेडेमीका सदस्य–सचिव नरेन्द्र प्रसाईंले जानकारी दिए ।  

तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा नेपाल र भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता रहेको छ । सम्मेलनले नेपाली भाषा, साहित्य र अनुसन्धानका क्षेत्रमा अन्तरदेशीय सहकार्यलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।

प्रकाशित: २८ चैत्र २०८२ १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App