२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

कान्ति राजमार्ग दुई महिना दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

सडक विस्तारको कामलाई तीव्रता दिनका लागि कान्ति राजमार्गको यातायात मङ्सिर २० गतेदेखि ६० दिनसम्मका लागि दैनिक बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि दुई महिना (६० दिन) सम्म दैनिक ६ घण्टा (बिहान ११ बजेदेखि अपरान्ह ५) बजेसम्म सवारी आवागमन बन्द हुने जानकारी दिएको हो।

यस अवधिभर यात्रु तथा सवारी चालकहरूलाई पर्न सक्ने असुविधालाई ध्यानमा राखेर वैकल्पिक मार्गहरू प्रयोग गर्न आग्रह गरिएको छ।

प्रकाशित: १८ मंसिर २०८२ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App