२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

मधेस र लुम्बिनीमा लूको जोखिम

एआई तस्बिर

आज देशका विभिन्न भू-भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ। 

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ।

मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईका भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा र बाँकी हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।

आज मधेस प्रदेशलगायत, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जनाइएको छ।

आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: २५ जेष्ठ २०८३ ०९:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App