प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएको ग्यास गनसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
बुधबार पक्राउ परेका शिवराज धमलाको बयानका आधारमा प्रहरीले कैलाली टीकापुरका चलाउनेलाई पक्राउ गरेको हो। पठाओ चालकसमेत रहेका धमलाको साथबाट प्रहरीले बुधबार तीन थान हतियार बरामद गरेको थियो।
महिला प्रहरीलाई फेसबुक साथी बनाइ हतियारबारे सूचना लिएको प्रहरीले उनै धमलाको बयानका आधारमा ग्यास गन पनि पत्ता लगाएको हो। चलाउनेको तीनकुनेमा रहेको डेरामा प्रहरीले छापा मार्दा ग्यास गन भेटिएको र उनलाई समेत नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।
धमला भने तारकेश्वरबाट पक्राउ परेका थिए । दुवै साथी हुन्।
प्रकाशित: २० कार्तिक २०८२ १७:३३ बिहीबार





