७ वैशाख २०८१ शुक्रबार
समाज

८ अर्बको संसार, मानवको लागि चुनौती

व्यवस्थापन गर्न सके बरदान , नसके अभिशाप

संसारको सात अर्बको जनसंख्या पार गरेर आठ अर्ब पुग्न ११ वर्ष लागेको छ। संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनका अनुसार मंगलबारदेखि आठ अर्ब मानवको संसार भएको छ।

२० औं शताब्दीको मध्यमा जनसंख्याको ठूलो वृद्धि थियो। त्यसपछि सुस्त हुँदै गएको देखिएको छ। विगत ११ वर्षको अवधिमा विश्वमा एक अर्ब जनसंख्या थपिनु विश्वको लागि चुनौती पनि बन्दै गएको संघले औंल्याएको छ।

‘पृथ्वीमा धेरै मानिस हुनुले प्राकृतिमा थप दबाब दिन्छ,’ संघले चेताएको छ ‘किन भने बढ्दो जनसंख्याको लागि पानी, खाना र ठाउँको लागि बन्यजस्तुहरुसँग प्रतिस्पर्धा गर्छन्। ’ प्रतिवेदनमा थप उल्लेख छ‘ यसैबीच जलवायु परिवर्तनसँगै तीव्र जनसंख्या वृद्धिले आगामी दशकहरुमा ठूलो संख्यामा बसाइँसराइ र द्धन्द्ध निम्त्याउने संभावना छ।’

नौ अर्ब पुग्न अबको १५ वर्ष लाग्न सक्छ तर सन् २०८० सम्ममा संसारको कूल जनसंख्या १० अर्ब पुग्नेमा राष्ट्र संघ विश्वस्त छैन। ‘संसारमा मानिसहरुको संख्या सही रुपमा गणना गर्न गाहे छ,’ राष्ट्र संघले स्वीकार गरेको छ ‘तर पनि यसको एक वा दुई वर्ष पूर्ण रुपमा बताउन सकिन्छ।’ राष्ट्र संघले थप उल्लेख गरेको छ ‘ तर आज अर्थात् १५ नोभेम्बर , २०२२ मा आठ अर्ब लाइन पार गर्नु नै सबै भन्दा राम्रो उदाहरण हो।

यसरी संसारमा जनसंख्या आकस्मिक रुपमा वृद्धि हुँदै जानुको मुख्य कारण जनस्वास्थ्य, पोषण,व्यक्तिगत सरसफाई र औषधिमा भएको सुधारका कारण मानवहरुको आयुमा क्रमिक वृद्धि हुँदै गएको अध्ययनले देखाएको संयुक्त राष्ट्र संघले प्रष्ट पारेको छ। ‘साथै केहि देशहरुमा प्रजनन क्षमताको उच्च र निरन्तर स्तरको परिणाम पनि हो , ’ संयुक्त राष्ट्र संघको प्रतिवेदनमा उल्लेख छ।

मध्यम आय भएका देशहरु प्रायः एसियामा गत दशकमा धेरै जसो जनसंख्या वृद्धिको लागि जिम्मेवार देखिएको त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रिय विभागका प्रमुख एवं जनसंख्याविद् प्राडा योगेन्द्र बहादुर गुरुङ बताउँछन्। उनले जनसंख्या वृद्धि नियमित प्रकृया भएकोले यसमा कुनै आश्चर्य मान्ने विषय नभएको बताउँदै उनले विश्वको जनसंख्यालाई देशहरुले उचित व्यवस्थापन गर्न सके सदुपयोग हुने नत्र चुनौती थपिने समेत जनाए।

‘सन् २०११मा सात अर्ब संसारको जनसख्या हुँदा भारतमा एक अर्ब ८० करोड जनसख्या थियो ,’ प्राडा गुरुङले भने ‘नेपालको जनस्ंख्या पनि घटेको भने होइन वृद्धिदर सुस्त मात्र भएको हो।’ उनले थपे ‘हाल नेपालमा पनि शिक्षा र स्वास्थ्यमा भएको सुधारकै कारण औषत आयु बढ्दै गएको छ। यसले वृद्धिहरुको जनसख्या बढेको छ। युवाहरु अर्थात् सक्रिय उमेर १५ देखि ६४ वर्ष उमेर समूहका युवाहरुलाई राज्यले उचित व्यवस्थापन गर्न सकेको छैन। सरकारसँग स्पष्ट भिजन छैन। जसका कारण नेपालबाट वर्षेनी हजारौंको संख्यामा युवाहरु पलायन हुने अवस्था छ।’

जनगणनाका अनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको छ। जनसंख्या वृद्धिदर माइनस १.४६० प्रतिशत छ भने प्रजनन दर १.८ रहेको छ। उनले जनसंख्या भनेको देशको शक्ति भएको र जुन देशले यसको सदुपयोग गरे ती देश आर्थिक, राजनीतिक र सामाजिक रुपमा समृद्ध भएका छन्। ‘तर नेपलमा रहेको ४० प्रतिशत युवाहरुको सदुपयोग गर्न नसक्दा देश विकसित हुनुपूर्व युवा हरु वृद्ध हुन्छन् कि भन्ने चिन्ता छ,’ प्राडा गुरुङले चिन्ता व्यक्त गरे।  

अघिल्ला वर्षहरूमा, संयुक्त राष्ट्रले पाँच, छ र सात अर्ब बच्चाहरूको प्रतिनिधित्व गर्न बच्चाहरूको रेकर्ड नै राखेको छ। जसका कथाहरूले हामीलाई विश्व जनसंख्या वृद्धिको बारेमा बताउन सहज बनाइदिएको त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक तथा जनसंख्याविद् डा. लक्षमणसिंह कुँवर बताउँछन्।

सन् १९८७ मा विश्वको जनसंख्या ५ अर्ब थियो। त्यति खेर नेपालको कुल जनसंख्या एक करोड ७६ लाख २४ हजार थियो। ‘त्यतिखेर नै विश्वका जनसंख्या विज्ञहरुले संसारको जनसंख्या पाँच अर्ब भन्दा नाघ्ने भविष्यवाणी गरिसकेका थिए ’ सहप्राध्यापक कुँवरले नागरिकसँग भने ‘पंैतिस वर्षको अवधिमा ३ अर्ब मानिसहरु संसारमा थपिएका छन्। अगामी ३५ वर्ष भित्र अब दुई अर्बको हाराहारीमा मात्र जनसंख्या वृद्धि हुने विज्ञहरुको अनुमान छ। यो जनसंख्याको प्रवृति नै हो एक स्थानमा पुगेपछि वृद्धिदर स्थिर हुन्छ।’ उनले थपे ‘कुनै पनि देशमा जनसंख्या नै जनशक्ति हो। देश विकासको साधन हो। अब नेपालले पनि जनसंख्या व्यवस्थापन गर्न तर्फ ध्यान दिँदै शिक्षा र स्वास्थ्यमा लगाी वृद्धि गर्नु पर्छ।’

विश्वको जनसंख्या कहाँ जाने सम्भावना छ भनेर बुझ्नको लागि यो महत्त्वपूर्ण भएको त्रिभुवन विश्वविद्यालयका अर्का सह प्राध्यापक भेशनाथ सापकोटाले बताए। उनले देश बनाउने र बिगार्ने साधन नै जनसख्या भएकोले यसलाई सदुपयोग गर्न सके बरदान र सदुपयोग गर्न नसके अभिशापको रुप लिने जनाए। ‘महिलाहरुको गुणस्तर शिक्षा, र स्वास्थ्यमा पहुँच बढ्दै छ, उनीहरु घर बाहिर आयआर्जन हुने काममा लाग्न थलिसकेका छन्। नेपालमा पनि यो अवस्था वृद्धि हँुदै छ। जसका कारण महिलामा पनि राजनीति चेतना बढ्दै छ।  यसले पनि जनसंख्या घटाउन सहयोग गर्छ ,’ जनसंख्याविद् सापकोटाले भने ‘यसकारण पनि अब विश्वमै जनसंख्या १० अर्ब नाघ्दैन।’ नेपालमा पनि महिला साक्षरता बढ्दै छ। नयाँ पुस्तामा परिवार नियोजनको साधानको प्रयोग बढ्दै छ। यसकारण पनि नेपालमा समेत ५ करोड जनसंख्या नाघ्दैन। ’ उनले थपे ‘नेपालमा शिक्षा स्वास्थ्यमा लगानी अनुसारको उपलब्धि नभएको कारण पनि नेपालमा बढ्दो जनसंख्याको व्यवस्थापन चुनौतीपूर्ण हुन गएको हो। जनसंख्याको सही रुपमा व्यवस्थापन र सदुपयोग गर्न सके यो बरदान हो। नत्र अभिशाप बन्छ। ’

विश्वको जनसंख्या नयाँ उचाईमा पुग्दा पनि जनसाख्यिकीहरुले वृद्धिदर प्रति वर्ष १ प्रशित भन्दा कममा निरन्तर घटेको टिप्पणी गर्दै सन् २०३७ सम्म विश्वलाई ९ अर्ब मानिसहरुमा पुग्नबाट जोगाउनु पर्ने सचेत गराएका छन्। राष्ट्र संघले २०८०को दशमा संसारको जनसंख्या १० अर्ब पुग्न सक्ने र सन् २१०० सम्ममा त्यही स्तरमा रहन सक्ने प्रक्षेपण गरेको छ। संघका अनुसार विश्वव्यापी जनसंख्याको शिखरमा पुग्नु अघि थपिने २.४ अर्ब मानिसमध्ये चाइना र भारत बाहेक अधिकांश उप–सहारा अफ्रिकामा जन्मिनेछन्।  

निष्क्रिय आय भएका देशहरू, प्रायः एशियामा, गत दशकमा धेरैजसो वृद्धिको लागि जिम्मेवार छ। सन् २०११ बाट बिश्वको जनसंख्या  ७ अर्ब पुग्दा भारत एक्लैको एक अर्ब ८० करोड पुगेको थियो।  अर्को वर्ष विश्वको सबैभन्दा जनसंख्या भएको राष्ट्रको रूपमा चीनलाई उछिने निश्चित बन्दै गएको विज्ञहरुले टिप्पणी गरेका छन्।  

तर विश्वव्यापी जनसंख्या नयाँ उचाइमा पुग्दा पनि, जनसांख्यिकीहरूले वृद्धिदर प्रति वर्ष १ प्रतिशत भन्दा कममा लगातार घटेको टिप्पणी गर्छन्।  यसले सन् २०३७ सम्म विश्वलाई ९ अर्ब मानिसमा पुग्नबाट जोगाउनु पर्ने उनीहरुको धारणा छ।  

संयुक्त राष्ट्र संघले २०८० को दशकमा विश्वको जनसंख्या १० अर्ब  मानिसमा पुग्ने र २१०० सम्म त्यो स्तरमा रहने प्रक्षेपण गरेको छ।

प्रकाशित: २ मंसिर २०७९ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App