६ वैशाख २०८१ बिहीबार
समाज

सिगास गाउँपालिकाकी महिला कर्मचारीको भीरबाट लडेर मृत्यु

बैतडीको सिगास गाउँपालिकामा कार्यरत महिला कर्मचारीको भीरबाट लडेर मृत्यु भएको छ।  

गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत करिब २८ वर्षीया सरस्वती धामी बोहराको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले जानकारी दिए।  

सिगास गाउँपालिका–८ लुपुँड घर भएकी उनको घर नजिकै खर काट्ने क्रममा शनिबार दिउँसो लडेर मृत्यु भएको प्रवक्ता धामीले बताए। भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको हो। उनी डेढ महिना अघिमात्रै गाउँपालिकाको कम्प्युटर अपरेटर पदमा नियुक्त भएकी थिइन्।

प्रकाशित: २६ कार्तिक २०७९ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App