१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रभावकारी बन्दै विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम

नेपालका विभिन्न क्षेत्रमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामुलक कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ। 

गाउँगाउँमा पुगेर प्राकृतिक विपद्जन्य घटना हुन नदिन र भइसकेपछि अधिक क्षति हुनबाट रोक्ने अभियानले सफलता हात पार्दै गएको हो।  

युरोपियन युनियन र रेडक्रसको सहयोगमा आयोजना भइरहेको विपद्जन्य घटनाहरुको न्यूनीकरण र रोकथामका लागि घरमै पुगेर विशेषज्ञहरुले जानकारी गराउने अभियानले धेरै हदसम्म जोखिम कम गरेको स्थानीयहरुको भनाइ छ।  

विपद्ग्रस्त क्षेत्रका स्थानीयहरुलाई विपद्का घटनाहरुको जानकारी र सावधानीका उपायहरुबारे परामर्श दिइने सुपर परियोजनाका कार्यक्रहरुले आम नागरिकलाई विपद्जन्य घटनाका कारण हुने क्षति कम गर्न सहयोग पुगेको धनगढी उपमहानगरपालिकाकी स्थानीय पूजा भट्ट बताउँछिन्।

तालिमले विपद् आउनुपूर्वको तयारी र आइसकेपछि कसरी त्यसलाई धेरै क्षति हुनबाट रोक्नेकुरा सिकाएको बताइन्। त्यस्तै धनगढी उपमहानगरपालिकाका दमकल चालक मिनबहादुर खड्का विपद् आउँदा कसरी क्षति न्यूनीकरण गर्ने भन्ने बारेमा धेरै जनचेतना पाएको बताए। उनले विपद्लाई कम गर्नका लागि आवश्यक परेको खण्डमा विकल्प राखेर अघि बढ्नुपर्ने आवश्यक्ताको खाँचो रहने कुरा तालिमबाट सिकेको बताए।  

त्यस्तै धनगढी उपमहानगरपालिकाका अर्का स्थानीय सुरेश साउतले विपद्का घटनामा आफ्नो सुरक्षासहित कसरी अन्य व्यक्तिको सुरक्षा गर्ने भन्ने कुरा तालिमबाट राम्रोसँग सिकेको बताए। त्यस्तै व्यवसायी एवं स्थानीय सञ्जयकुमार पन्तले विपद्सम्बन्धी तालिमले धेरै कुरा सिकाएको बताए। उनले यस्ता तालिमहरुको दायरा हरेक गाउँगाउँमा पु¥याउनसके विपद्का घटनाहरुलाई कम गर्न सकिने बताए। उनले यस्ता जनचेतनामुलक कार्यक्रमहरु विद्यालयबाट शुरु गर्नुपर्ने बताए।  

विद्यार्थीहरुलाई यस्ता जीवनोपयोगि तालिमहरु दिनसके हरेक विपद्का दुर्घटनाबाट जनधनको कम क्षति हुने निश्चित रहेको बताए। त्यस्तै अर्की स्थानीय नाज्मा सलमानीले तालिमका कारण आफ्नै घरमा पनि ठूलो दुर्घटना हुनबाट जोगिएको बताए। उनले आफ्नो घरको सम्भावित दुर्घटनालाई तालिमले नै जोगाएको बताए।  

अर्की स्थानीय फोरन सलमानीले आमाले तालिमबाट सिकेको सीपका कारण घरमा आगो लाग्नबाट जोगिएको बताइन्। उनले परिवारका सबै सदस्यहरु डराइरहेको बेलामा आमाले भनेको कुराको पालना गर्दा पानीमा सल भिजाएर आगो लागिरहेको सिलिण्डरलाई थप आगो लाग्नबाट रोकेको बताइन्।  

त्यस्तै धनगढी उपमहानगरपालिकाका दमकल फायरम्यान चन्द्रबहादुर पार्कीले आफूले तालिमबाट सिकेका कुराहरुलाई आम समुदायमा पनि सूचना प्रशारित गर्ने गरेकाले धेरै कुराको जोखिमलाई सहजै नियन्त्रणमा ल्याउन र समाधान गर्न मद्दत पुगेको बताए। 

प्रकाशित: २० कार्तिक २०७९ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App