coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तराईको छठ: भक्तपुरमा सबै धर्मावलम्वीले मिलेर मनाए

विशेष गरेर तराईबासीले हर्षाेल्लासकासाथ मनाइने छठ पर्व आइतबार भक्तपुरमा सबै धर्मावलम्वीहरुले सामूहिक रुपमा मिलेर मनाएका छन्।  

छठ पर्व परिवार भक्तपुरको अगुवाईमा भक्तपुर नगरपालिक वडा नम्वर १० स्थित कमलविनायकस्थित कमलपोखरीमा भएको छठ पर्वका तराईबासीका साथै स्थानीयहरु पनि हर्षाेल्लाकासाथ सहभागी भएका थिए।  

आयोजक समितिका संयोजक लक्ष्मण रौनियारले मुसलमानदेखि विभिन्न धर्म, जातका मानिसहरु सहभागी भएको बताए। विशेष गरेर तराईबासी भई भक्तपुरमै घर बनाइसकेका, तराई घर भई भक्तपुरमा कोठा भाडामा बसिरहेका एक सय भन्दा वढी परिवार पर्व मनाउन पोखरीमा पुगेको उनले जनाए। उनका अनुसार यो वर्ष विगतका वर्षहरुमा भन्दा पर्व मनाउन कमलपोखरी पुग्नेहरुको संख्या अधिक छ।  

विगतका वर्षमा झैँ छठ पर्व मनाउन भक्तालुहरुले आग्रह गरेपछि कमलपोखरीमा छठ पर्व मनाउने तयारी थालेको रौनियारले बताए। धार्मिक कार्य गर्न खासै सहयोग मिलेन, त्यसैले चुप लागेर बसियो, यस पटक नगर्ने नै भनेर बसेको थिए, तर अन्तिममा आएर छठ पर्व आयोजना गर्न चौतर्फी आग्रह आयो र अन्ततः गत वर्ष झै कमलपोखरीमा छठ पर्व मनाएका हौ, उनले भने। भक्तजनको घिइचोलाई ख्याल गर्दै कमलपोखरीको दक्षिणतर्फ गतवर्ष झै यसवर्ष पनि छठ पर्व मनाइएको हो।  

सूर्यको उपासनासँग सम्बन्धित छठ पर्व यसवर्ष शुक्रबारदेखि सुरु भएको थियो। चार दिनसम्म मनाइने पर्वको मुख्य दिन आइतबार हो। प्रत्येक वर्ष कात्तिक शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुने छठ पर्व अत्यन्तै श्रद्धा र निष्ठाका साथ नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ। तराइमा सिमित यो चाँंड पछिल्लो वर्ष तराइका साथ काठमाडौं उपत्यकामा पनि उतिकै भव्य रुपमा मनाउन थालिएको छ।  

पर्वका मुख्य विशेषता अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ दिएर मात्र पूजा सम्पन्न गर्नु हो। चार दिनको छठ पर्वमा परिवारका सदस्यहरू जहा जता भए पनि आफ्नो घरमा पुग्छन् र परिवारलाई पूजाको व्यवस्थापनमा सहयोग गरी सबै मिलेर मनाउँछन्। त्यही भएर यस पर्वलाई पारिवारिक मिलनको पर्व पनि भनिन्छ। भक्तपुर दुवाकोटकी एकता न्यौपानले पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने यो पर्व नदी तलाउको किनारमा परिवारका सबै सदस्य तथा समूहमा मनाइने बताइन्।  

अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ दिएर पूजासहित रातभर नदी तथा तलाउ किनारमा बसी भजन किर्तन गरी भोलिपल्ट अर्थात् सोमबार कात्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ दिएपछि मात्र चार दिनको व्रत पूरा हुन्छ।  

पर्वको क्रममा पहिलो दिन कात्तिक शुक्ल चतुदर्शीका दिन नहाय खाय (नुहाएर चोखो भई शुद्ध शाकाहारी भोजन खाने) परेको छ। पञ्चाङ्गअनुसार शनिबार कात्तिक पञ्चमीका दिन अर्थात् कात्तिक १२ गते खरना पूजा परेको छ। यस दिन व्रतालुहरू स्नान गरेर दिनभरि उपवास बसी आत्मशुद्धि गर्छन्। पञ्चमीका दिन व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दुध, चामल र सख्खरको शीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यहरूलाई खुवाउने गर्छन्।

 

प्रकाशित: १३ कार्तिक २०७९ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App