८ वैशाख २०८१ शनिबार
समाज

बेसाहारा बालकलाई सामूहिक भाइटीका

कपिलवस्तुको तौलिहवा स्थित बालगृहमा सामूहिक टीका लगाएर भाइटीका मनाइएको छ। भाइटीकाको अवसरमा बालगृहमा कार्यरत धर्म दिदीले २१ जना बेसाहारा बालकहरुलाई टीका लगाइदिएकी हुन्।

बालगृहकी कर्मचारी बबिता थारुले उनीहरुलाई सप्तरंगी टिका माला लगाएर आशिष समेत दिएकी थिइन्। सो अवसरमा उनले भाइहरुलाई उपहार स्वरुप रुमाल तथा सेलरोटी फलफूल समेत दिएकी थिइन्। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरकी बबिताले विगत ४ वर्षदेखि बालगृहका बेसाहारा बालकहरुलाई भाइटीकाको अवसरमा टीका लगाउँदै आएको बताइन्।

‘बालगृहका भाइहरुलाई सामूहिक टीका लगाउँन पाउँदा निकै खुशी लाग्छ’ टीका लगाउने क्रममा उनले भनिन्, ‘रगतको नाता नभए पनि यहाँका भाइहरुसँग कर्मको नाता जोडिएको छ।’ यति धेरै भाइहरुलाई एकैसाथ टीका लगाउन पाउँदा आफूलाई भाग्यमानी जस्तो लागेको उनले बताइन्। बबिताका आफ्नै एक जना दाइ र  एक जना भाइ पनि छन्।

बालगृहमा रहेको अभिषेक लामिछानेले कर्मको दिदी बबिताको हातबाट टीका लगाउना पाउँदा निकै खुशी लागेको बताए। ‘आफ्नै दिदीसँग टीका लगाएका महसुर हुन्छ’ उनले भने। आफूहरु जस्तो बेसाहारा बालकहरुलाई बालगृहमा लालनपालन शिक्षा दिक्षासहित चाडबाडमा यसरी रमाईलो गरी मनाउँदा पाउँदा धेरै राम्रो लाग्ने गरेको उनले बताए।

बालगृहका व्यवस्थापक रामप्रसाद अर्यालले बालगृहका बेसाहारा बालकहरुलाई विभिन्न चाडबाडहरुमा समेत रमाइले गरी मनाउने वातावरण बनाएको बताए। ‘हामीले भविष्यको कर्णधारहरुलाई सकेसम्म राम्रो वातावरण दिएका छौं’ उनले भने। बालगृहमा १८ वर्ष मुनीका २३ बालकहरु छन्। त्यसमध्ये २ जना भाइटीकाका लागि नजिकैको आफन्तकोमा गएका छन्।

प्रकाशित: १० कार्तिक २०७९ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App