७ वैशाख २०८१ शुक्रबार
समाज

पर्यटकको हवाई उद्धार

फाइल तस्बिर।

हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ।

लाङटाङ पदयात्रा सम्पन्न गरी गोसाईकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो।

डानेस्ट्री एयरको हेलिकप्टरले धुञ्चेबाट उद्धार गरी काठमाडौं पुर्‍याइएको उक्त एयरले जनाएको छ। रसुवा अस्पताल धुञ्चेका अनुसार पैदलयात्राका क्रममा बाटामा पछारिएकी ती पर्यटकको नारीमा ठक्कर लागेको जनाइएको छ।

रसुवाको गोसाईकुण्ड र लाङटाङ हिमाली पदयात्रामा जाने पर्यटक बिरामी परी अत्तालिएको अवस्थामा हेलिकप्टरहरूले छिटोभन्दा छिटो उद्धार गर्ने गरेको पर्यटन व्यवसायी निसान गजुरेलले जनाए। पर्यटकको आगमन समय सुरु भइसकेका कारण हिमाली क्षेत्र रसुवाको गोसाईकुण्ड तथा लाङटाङ क्षेत्रका पदमार्गमा रौनक बढिसकेको पर्यटन व्यवसायीले जनाएका छन्।

प्रकाशित: २१ आश्विन २०७९ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App