coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोका कारण कर्णालीका सडक अवरुद्ध

अविरल वर्षाका कारण कर्णालीका मुख्य राजमार्ग र सहायक सडकहरु पहिरोका कारण अवरुद्ध भएका छन्। पहिरोका कारण कर्णाली, भेरी र राप्ती राजमार्गका साथै सहायक सडकहरु भएका हुन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार भेरी करिडोर अन्र्तगत सुर्खेतको गुर्भाकोट नगरपालिका–९ को पोखरे, कुरिले र जुम्लीभीरमा पहिरो गएको छ। यस्तै जाजरकोटको शिवालय गाउँपालिका–१ र भेरी नगरपालिका–१३ मा पहिरो गएको छ।  

राप्ती राजमार्ग अन्र्तगत रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ मा पहिरो जाँदा उक्त राजमार्ग अहिले ठप्प छ। अविरल वर्षाका कारण कर्णाली राजमार्ग पनि विभिन्न ठाउँमा पहिरोले अवरुद्ध भएको छ। कर्णाली राजमार्ग अन्र्तगत दुल्लूको गोठखोलामा ठूलो पहिरो गएको प्रहरीले जनाएको छ।  

यस्तै मदन भण्डारी राजमार्ग अन्र्तगत सुर्खेत–सल्यान खण्ड पनि अवरुद्ध भएको छ भने रातानाङ्ला–धरमपोखरा सडक खण्डका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको छ।

नदीले घर बगायो

सल्यानको शारदा नदीको बहाव बढ्दा एक जनाको घर बगाएको छ भने तीन वटा घर जोखिममा छन्। सल्यानको त्रिवेणी गाउँपालिका–२ का ५७ वर्षीय प्रेमबहादुर घर्तीमगरको घर शारदा नदीले बगाएको प्रहरीले जनाएको छ। अरु तीन घरमा पनि नदीले क्षति पु¥याएको छ। यस्तै सुर्खेतबाट सल्यान जाँदै गरेको डबल क्याप जीप सल्यानमा पहिरोले बगाएको छ। ‘लेदोसहितको पहिरोले जीप बगाएपनि मानवीय क्षति हुन पाएन्,’ प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले भने, ‘वर्षाले मानवीय क्षति नभएपनि सडकहरु पूर्ण अवरुद्ध भएका छन्।’  

एक बेपत्ता, एक घाइते

दैलेखमा खोला तर्ने क्रममा एक जना बेपत्ता भएका छन्। बिहीबार बेलुका चामुण्डाविन्द्रासैनी नगरपालिका–८ का ३२ वर्षीय बम दमाईलाई चिने खोलाले बगाउँदा बेपत्ता भएका हुन्। प्रहरीका अनुसार घरबाट स्थानीय रामघाट बजार आउँदै गरेका दमाईलाई खोलाले ६ः५० बजेको समयमा बगाएर बेपत्ता बनाएको हो।  

यस्तै दशैंको टीका लगाउन माइती घर जाँदै गरेकी रुकुम पश्चिमकी एक महिला पहिरोमा परेर घाइते भएकी छन्। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० कि ५० वर्षीया रती कुसारी घाइते भएको प्रहरीले जनाएको छ। उनको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २१ आश्विन २०७९ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App