६ वैशाख २०८१ बिहीबार
समाज

झरिले अर्घाखाँचीको जनजिवन कष्टकर, ३४ घरका १४८ जनालाई सारियो सुरक्षित स्थानमा

फाईल तस्बिर।

तिन दिन देखिको लगातार झरिले जनजिवन कष्टकर बन्दै गएको छ। लगातार वर्षापछि चाडबाडमा परिवार तथा आफन्तजनको हातबाट टिका लगाउन आएका नागरिक गन्तव्यमा फर्किन पाएका छैनन् भने धेरैजसो सडक पहिरोले अस्तव्यस्त बनेका छन्। निरन्तरको वर्षाले केही क्षेत्रका विद्युत अवरोध भएका छन्। पशुचौपाया पनि प्रभावित् भएका छन्। 

पहिरोको उच्च जोखिमका कारण अर्घाखाँचीमा ३४ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। घर आसपासको जमिन चर्किने, घर माथिबाट ढुंगा पल्टिने, लेदो बग्ने भएपछी ३४ घरपरिवारका १४८ जनालाई स्कुल, स्वास्थ्य चौकी र आफन्तको घरमा सारेको प्रहरीले जनाएको छ। सन्धिखर्क नगरपालिका-६ जगतका ३ घरपरिवार, छत्रदेव गाउँपालिकाका १० घरपरिवार र पाणिनी गाउँपालिका-८ को १ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो। मालारानी-६ का २० घरपरिवारलाई समेत सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर कृष्ण घिमिरेले जानकारी दिए।

सन्धिखर्क-गोरुसिंगे सडकमा पहिरो गएपछि अवरुद्ध भएको छ भने अधिकांश ग्रामिण सडक पहिरोले चल्न सकेका छैनन्। सदरमुकाम सन्धिखर्कबाट गाउँ जाने सबैप्राय: सडक अवरुद्ध छन्। भुमिकास्थान, शितगंगा र मालारानीका केही स्थानमा पोल ढल्दा आंशिक रुपमा विद्युत समेत अवरुद्द भएको छ।

बुधवार खोलाले बगाएका १ जना बालक अझै बेपत्ता छन्। सन्धिखर्क-७, किटेनीका १० वर्षिय बालक समिर पौडेललाई मामाघर जाने क्रममा स्थानिय फर्ज्याङ खोलाले बगाएको थियो। बुधवार र बिहिवार खोजिकार्य गरेपनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ। 

लगातार तीन दिनदेखि अविरल वर्षाले जोखिम बढेपछि अत्यावश्यक बाहेक हिँडडुल तथा यात्रा नगर्न जिल्लावासीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अनुरोध गरेको छ।

प्रकाशित: २० आश्विन २०७९ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App