८ वैशाख २०८१ शनिबार
समाज

आफन्तबाटै मारिए ५ जना, आरोपी सबै पक्राउ

धनुषामा गएको २२ दिनमा आफ्नै घरमा आफन्तबाटै ४ वर्षीय बालक सहित चार महिलाको हत्या भएको छ। ती सबै हत्याको आरोपितहरुलाई घटनाको केहि घण्टा र केहि दिनमै धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ। हत्याका घटनामा अपराधीले आफ्नो संलग्ताको कुनै न कुनै प्रमाण छाडेकै हुन्छ। त्यो पत्ता लगाए घटनाका वास्तविकता पत्ता लगाउन गाह्रो नपर्ने धनुषा प्रहरीका उपरीक्षक बसन्त रजौरे बताउँछन्।

गत भदोे २८ गते सहिदनगर नगरपालिका–३ यदुकूहाका अरुण कुमार दासको श्रीमती २८ वर्षीय बबितिया मण्डल घर भन्दा केही दुरीमा रहेको बाँसघारीमा मृत अवस्थामा फेला परिन्। बबितियाको शव अर्धनग्न अवस्थामा भेटाएपछि कसैले बलात्कारपछि हत्या गरेको हुनसक्छ अनुमान गरेको थियो। तालिम प्राप्त कुकुर लिएर घटना स्थलमा पुगेका धनुषा प्रहरी उपरीक्षक रजौरेको टोलीले अनुसन्धानको क्रममा स्थानीय व्यक्तिहरुसँग सोधपुछ गरे। सोधपुछपछि घटनाको सुइँको पाएपछि प्रहरीले घटना स्थलबाटै मुतक बबितियाकी आफ्नै जेठाजु विरेन्द्र दासलाई नियन्त्रणमा लियों।

प्रहरीले दासलाई ईलाका प्रहरी कार्यालय यदुकूहामा राखेर सोधपुछ गर्दा उनले भाइ बुहारी बबितियासँग अनैतिक सम्बन्ध रहेको कुरापछि गाउँसमाज तथा भाइले थाहाँ नपाइयोस् भनेर हत्या गरेको स्विकार गरे। मृतक बुहारीको व्यवहार परिवर्तन हुँदै गएपछि घटनाको गुमनाम बनाउन गाउँमा इन्द्र पुजाको अवसरमा मेला लागेको दिन मार्ने योजना बनाएको उनले प्रहरीको बयानमा भनिएको छ।

पूर्व योजना अनुसार भदै २७ गते साँझ ५ बजे घरका अन्य सदस्य मेला हेर्न गएकोे बेला १९ वर्षीय काका उमेश दास र सोही नगरपालिका–७ धबौलीका १९ वर्षीय 'सालो' शत्रुधन दासको सहयोगमा बबितिया सुतिरहेको कोठामा तीनैजना प्रवेश गरी शत्रुधन खुट्टा तथा उमेश हात समातिएपछि जेठाजु विरेन्द्रले घाँटीमा डोरी कसी हत्या गरेका थिए।

बबितियाको हत्यापछि शवलाई खाटमुन्नि राखेर बाहिरबाट घरमा तल्चा लगाएर तीनैजना मेला हेर्न गएको गएँ। घरका अन्य सदस्यहरु मेलाबाट फर्केपछि बबितिया सुतेको कोठामा बाहिरबाट तल्चा लागेको देखेर मेला हेर्न गएको र अहिलेसम्म फर्केर नआएको भन्दै उनीहरुले छरछिमेकीमा हल्ला फैलाए।  

हल्ला शान्त र छरछिमेकी सुतिसकेपछि राति १२ बजेतिर तीनैजना मिलेर शवलाई घर भन्दा केही दुरीमा रहेको बाँसबारीमा फालिएकाे थियो। तेस पश्चात बलात्कारपछि हत्या गरेको देखाउनको लागि शवलाई अर्धनग्न बनाएर मृतकले लगाएको चप्पल र बलाउज घटना स्थालमा फालिएकाे थियो। मृतकको श्रीमान अरुण दास ४ वर्षदेखि बैदेशिक रोजगारीमा छन्। मृतकको ३ वर्षीय एक छोरी छन्। पक्राउ परेका तीनैजना माथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

त्यस्तै भदो ३१ गते धनुषाको सबैला नगरपालिका–५ मखनाहा गाउँका ४० वर्षीय सिकिलिया देवी मण्डलको हत्या आरोपमा उनकै २५ वर्षीय छोरा मनोज मण्डल पक्राउ परे। लागूऔषध प्रयोगकर्ता समेत रहेका मनोज सो राती अध्याधिक रक्सी खाएर घर आए। घरमा आमा बाहेक कोही थिएन आमा घरको छतमा सुतिरहेका थिइँन। घरमा पुग्दा आमासँग समान्य वादविवाद परेपछि आमालाई कुटपिट गरी हत्या गरे। रातिनै प्रहरीलाई खवर प्राप्त भएपछि तत्काल ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले मनोजलाई घरबाटै पक्राउ गरे।  

मृतक सिकिलियाकी तीन छोराछोरी मध्ये जेठी छोरी ससुरालीमा थिइन् भने छोरी बैदेशिक रोजगारमा छन्। उनी श्रीमान र अविवाहित छोरा मनोजसँग बस्दै आएका थिइन्। पक्राउ परेका छोरा मनोज कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा छन्।

गत असोज ४ गते धनुषाको मिथिला विहारी नगरपालिका–५ ललिया स्थितबाँसघारीमा दिउँसो १२ बजे सोही ठाउँका ४५ वर्षीय जिवछीदेवी मण्डल मृत अवस्थामा भेटिइन्। जिवछीदेवीकाे मृत्यू शंकास्पद देखिएपछि प्रहरीले अनुसान्धन गर्न थाले। प्रहरीले अनुसन्धान गर्दैजँदा उनको हत्या आरोपमा क्रियामा बसेका श्रीमान् रामा मण्डललाई घटनाको ५ दिनपछि नियन्त्रणमा लियो।

मृतक जिवछीकी २ छोरा हुन्। जेठो २२ वर्षीय छोरा विनय मण्डल र कान्छो २० वर्षीय छोरा संजय मण्डल। कान्छो छोरा हाल बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको छ। जेठो छोरा १ वर्ष अगाडी विदेशबाट आएका हुन्। विनयले ३ वर्ष विदेश बस्दा कमाएको १८/२० लाख रुपैयाँ र उनले दाइजोमा पाएको मोटरसाईकल र श्रीमतीको गरगहना समेत बेची ऋण तिरेपनि कान्छो छोरा संजय बैदेशिक रोजगारबाट कमाएको पैसाले ऋण तिर्नमा सहयोग नगरेको र मृतक आमा जिवछीकी नाममा पैसा जम्मा गरेको आरोप जेठो छोराले लगाउँदै आएका थिएँ।  सोही विषयमा घरमा झैझगडा भइरहन्थो।

झगडाको १०/११ दिनपछि मृतकको दुबै छोरा छुट्टाछुट्टै बस्ने निर्णय गरे। त्यसमा जेठो छोरा एक्लै र कान्छो छोरासँग मृतक जिवछी र उनको श्रीमान रामा मण्डल बस्ने सहमति भयो। मृतक जिवछी मण्डल असोज ४ गते विहान् ७ बजेको समयमा तगारोमा गोबर राखी आफ्नो खेतमा गइन्। जिवछी खेतमा जानु भन्दा अगाडी उनको श्रीमान् रामा कोदालो र हसिया लिएर भकारी बनाउन बाँस काट्न घटनास्थलमा पुगिसकेका थिए।  

दुबैजना खेतमा भेटिएपछि बाँसघारीको डिलमा बसी ऋण कसरी तिर्ने विषयमा छलफल गर्नथाले। सोही क्रममा दुबैजनाबीच वादविवाद सुुरु भयो। वादविवाद क्रममा दुबैजनाबीच गालीगलोज सुरु भयाे। मृतक जिवछीले श्रीमान रामाको मृत बुवाको नाम जोडेर गाली दिन थालिन्। रामा आवेशमा आएर उनको साथमा भएको कोदालो पछाडी बिटले जिवछीकी टाउँमा हिर्काउँदा डिलबाट भुइँमा लडिन्। जिवछी भुइँमा छटपटिन थालेपछि पुनः रामाले कोदालोले टाउँकोमा र्हिकाउँदा उनकाे घटनास्थलमा मृत्यु भएको थियो।  

हत्यापछि कसैले शंका नगरोस् भनेर जिवछीले लगाएको चुरा रामाले आफैं फुटाएर यत्रतत्र छरिएको कोदोलो अर्काको खेतमा फालेर घटनास्थलबाट उनि फरार भएका थिए। प्रहरीले अनुसन्धन गर्दैजदाँ ५ दिन सम्म उनकै क्रियामा बसेका श्रीमान् रामालाई पक्राउ गर्‍यो।  

गत असोज १० गते गणेशमान चारनाथ नगरपालिका–६ मुसहरी टोलका ३५ वर्षीय श्रीमती आशादेवी सदालाई हत्या गरेको आरोपमा उनकै श्रीमान रेविया सदालाई प्रहरीले पक्राउ गर्‍यो। रेवियाले मादक पदार्थ सेवन गरी श्रीमती आशालाई ढुंगाको चिप्लौटाले प्रहार हत्या गरेको प्रहरीको बयानमा बताएका छन्। घटनापछि तत्काल खटिएको प्रहरी अनुसन्धान टोलीले रेवियालाई सोही ठाउँबाट हत्यामा प्रयोग गरेको चिप्लौटा र वियरको बोतलसहित पक्राउ गर्‍यो। उनलाई ज्यान सम्बन्धी कसुरमा म्याद थपगरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

असोज १२ गते क्षिरेश्वरनाथ नगरपालिका–५ कुचाइ टोलका २८ वर्षीय रवि पासवानले आफ्नै ४ वर्षीय भतिज अनुष पासवानलाई हत्या गरेको आरोपमा पक्राउ परे। असोज १२ गते घरमा एक्लै खेलिरहेको अवस्थामा भतिजो अनुषलाई काका रविले टाउँमा रडले प्रहार गर्दा गम्भिर घाइते बनाएका थिए।  

घाइते अवस्थामा अनुषलाई घरका अन्य सदस्यले देखेपछि उपचारको लागि स्थानीय महेन्द्रनगर हेल्थ केयर पुर्‍याए। टाउँकोबाट अत्याधिक रक्तस्राव भइसकेको हुनाले चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरे। घरमा कोही नभएकोबेला रविले रडले प्रहार गरी अनुषलाई हत्या गरेपछि प्रहरीले तत्काल रविलाई पक्राउ गर्‍याे। अहिले रविलाई ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थपगरी प्रहरी हिरासतमा राखिएको छ। 

प्रकाशित: १९ आश्विन २०७९ ११:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App