coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आइएमई लुटपाट प्रकरण: थप दुईजना शंकास्पद लुटेरा पक्राउ

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाट प्रकरणका थप दुईजना शंकास्पद लुटेरालाई प्रहरीले पक्राउ गरेको छ। घटना भएकै दिन प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले घटनामा संलग्न भएको आशंकाका थप दुईजनालाई पक्राउ गरी अनुुसन्धान थालेको जानकारी दिए। ‘हामी घटनामा संलग्नको थप एकको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान कार्यलाई अघि बढाइरहेका छौं’ राईले भने।

जाकट राखेको सुन निकाल्ने बहानामा आएका चारजनाको समूहले गत मंगलवार बिहान आइएमईका कर्मचारीलाई नियन्त्रणमा लिई साढे ११ लाख नगद सहित गरगहना लुटेका थिए। घटना भएकैदिन मंगलवार ६ लाख नगद र गरहगना सहित प्रहरीले एकजनालाई पक्राउ गरेको थियो। 

प्रकाशित: १९ आश्विन २०७९ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App