१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मनकामना केबलकार दुई दिन बन्द हुने

गोरखा प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने भएको छ।

नवमी र बिजयादशमीको दिन दुई दिन केबलकार बन्द हुने प्रालीका स्टेशन म्यानेजर उज्वल शेरचनले बताए। आज अष्टमी भएको र भक्तजनहरू बलि चढाउन मनकामना मन्दिर धेरै जाने भएकाले अन्य दिन भन्दा भिडभाड छ।  

दशमीको भोलिपल्ट मान्यजनकहाँ टिका थाप्न हिँडेहरुको चाप हुने भएकाले पनि केबलकार एकादशीको दिन अर्थात असोज २० गतेबाट भने निरन्तर संचालन हुने प्रालीले जनाएको छ।

मनकामना क्षेत्रका स्थानीय अधिकासं केबलकारबाट आउजाउ गर्ने भएकाले उनीहरूको नियमित आवतजावतका लागि पनि केबलकार संचालन हुने गर्छ। 

प्रकाशित: १७ आश्विन २०७९ ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App