२१ मंसिर २०७९ बुधबार
समाज

दशैंमा सुनसान बन्‍यो काठमाडौं

क्याप्शन

दशैंमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान देखिएका छन्। दशैंको सप्तमी र अष्टमीका दिन राजधानीमा मानिसको चहलपहल न्युन देखियो। सडकमा सार्वजनिक सवारी कमै देखिन्छन्।

नेपालीको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको हो।

दशैँ मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो।

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन्। सडकमा हिँड्‌डूल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरू प्रायः बन्द छन्।

यस वर्षको दशैँ मनाउन करिब १८ लाखले उपत्यका छाडेको यातायात व्यवसायीहरूले जनाएका छन्।

प्रकाशित: १७ आश्विन २०७९ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App