coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कालिकोटमा फूलपाती भित्र्याइयो

कालिकोट जिल्लामा आइतबार बिहान बढाइँका साथ फूलपाती भित्र्याइएको छ। सदरमुकामस्थित कोटदरबारमा रहेको दुर्गा मन्दिरबाट आइतबार फूलपाती भित्र्याइएको हो।

फुलपाती लिन सेना प्रहरी र सशस्त्र प्रहरी र स्थानीय  बाजागाजा र दलबलसहित कोटदरबारमा रहेको दुर्गा मन्दिर पुगेका थिए।

त्यहाँ पुगेको टोलीले पूजा–आराधनापश्चात फूलपाती लगेर आ–आफ्ना दसैंघरमा भित्र्याइएको हो।

फूलपाती भित्र्याउने कार्यक्रममा जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका नेता÷कार्यकर्ता, संघसंस्था र कार्यालय प्रमुखसँगै नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मी उपस्थित थिए।

जिल्लाका दसैंघरहरूमा यहि मन्दिरबाट फूलपाती लैजाने चलन छ।

प्रकाशित: १६ आश्विन २०७९ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App