८ वैशाख २०८१ शनिबार
समाज

विराटनगरमा मापदण्ड विपरीतका पर्खाल हटाइने

विराटनगर महानगरपालिकाले मापदण्ड विपरित निर्माण गरिएका कम्पाउण्ड वाल हटाउने भएको छ। महानगरपालिकाले सूचना जारी गरी ३५ दिन भित्र मापदण्ड विपरित निर्माण गरिएका कम्पाउण्ड वाल हटाउन सम्बन्धित घर धनीलाई आग्रह गरेको हो।  

३५ दिन भित्र पनि अटेर गरी मापदण्ड विपरित निर्माण भएका कम्पाउण्ड वालहरू नहटाए महानगरपालिकाले भत्काउने चेतावनी दिएको छ। कम्पाउण्ड वालको नक्सा बनाएर मात्र पर्खाल लगाउन आग्रह गर्दै महानगरले यसअघि नक्सा पास नगरी बनाइएका कम्पाउण्ड वाल प्रचलित कानुन बमोजिम र तोकिएको मापदण्ड अनुसार नभएमा ३५ दिनभित्र हटाउन महानगरले आग्रह गरेको हो। ‘मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नभएका कम्पाउण्ड वालहरु ३५ दिनभित्र नियमित गर्न र मापदण्ड विपरित निर्माण गरिएका वालहरु ३५ दिनभित्र हटाउन अनुरोध छ’  महानगरले शनिबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ।  

महानगरले प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड बमोजिम कम्पाउण्ड वाल हुनुपर्ने भन्दै नक्सा  पास नगरेकाहरुले नक्सा पेश नगरेमा महानगरले टोली खटाएर सीमा पर्खाल हटाउने र भत्काउँदा लाग्ने खर्चसमेत सम्बन्धित घरधनीबाटै भराउने जानकारी गराएको छ। विराटनगरमा घर बनाउँदा घरको नक्सा पास गर्ने तर, कम्पाउण्डवालको नक्सा पास नगरी संरचना बनाउने क्रम बढेपछि  मपदण्ड अनुसारका संरचना नियमित गर्ने र मापदण्ड विपरितका संरचना हटाउने विराटनगर महानगरपालिकाले तयारी गरेको हो।

प्रकाशित: १५ आश्विन २०७९ ११:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App