coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङ मिनि ट्रक दुर्घटना: गम्भीर घाइते दुईको मृत्यु (अपडेट)

धादिङको नीलकण्ठ नगरपालिका–१० गोलाभञ्जयाङ नजिकै शनिबार दिउँसो मिनि ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको मिनि ट्रक सडकमा पल्टिएर दुर्घटना हुँदा कपिलवस्तु तौलिहवाका २५/२६ वर्षका सद्दाम अन्सारी र सोही ठाउँका ३५ वर्षका इन्द्रजित पासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरी कार्यालयका अनुसार गम्भीर घाइते उनीहरुको धादिङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटना घाइते भएका ८ जनाको धादिङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। सल्यानटारमा असोज २८ गतेदेखि हुने महोत्सवका सामानहरु बोकेको ट्रक आफैं अनियन्त्रित भई सडकमै पल्टिएको हो।

प्रकाशित: १५ आश्विन २०७९ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App