४ वैशाख २०८१ मंगलबार
समाज

धामी बस्न गएका युवक मृत भेटिए

फाइल तस्बिर

मोरङको सुनवर्षी नगरपालिका–४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव घरनजिकै शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन्। घरदेखि करिब दुई किलोमिटर पूर्वमा मृत अवस्था यादवको शव शुक्रबार बिहान फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। धामीझाँक्रीको काम गर्दै आएका यादव बिहीबार साँझ पनि धामी बस्न भनी घरबाट हिँडेका थिए।

घरबाट बिहीबार साँझमा धामीझाँक्रीको काम गर्न भनी हिँडेका यादवलाई मृत अवस्था शुक्रबार स्थानीयले देखेर खबर गरेको डिएसपी श्रेष्ठले बताए। उनले भने, ‘घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले अनुसन्धान थालेको छ। घटना शंकास्पद देखिएकाले अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहितको टोलीले अनुसन्धान थालिसकेको छ।’ घरदेखि पूर्व रंगेली जाने भित्री सडकखण्डको बटरबारीमा रोकेर राखेको यादवको प्र.नं.१–०२–०४४ प ३२६१ नम्बरको भेटिएको छ। मोटरसाइकल राखेको स्थानदेखि करिब १२ मिटर दक्षिण बाटोमा कोल्टे परेको अवस्थामा शव फेला परेको थियो। मृतकको पेटमा चोट देखिएको हुँदा घटना थप शंकास्पदा देखिएकाले अनुसन्धान सहज पार्न धरानबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालेको डिएसपी श्रेष्ठले बताए। यादवकी श्रीमती र एक छोरी छन्।  

त्यसैगरी मोरङको उर्लाबारी नगरपालिका–१ मा बिहीबार कटहरी गाउँपालिका–२ घर भएका ३५ वर्षीय उद्धव परियारको मृत्यु भएको छ। ट्याङकी वेल्डिङ गर्ने क्रममा करेन्ट लागी घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आसिस समी नारायण साह जेबी कन्ट्रक्सनले निर्माण गर्दै गरेको उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्की वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ आश्विन २०७९ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App