coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्यालको आक्रमणबाट रौतहटमा एक महिला घाइते

रौतहटमा एक महिलामाथि स्यालले आक्रमण गरेको छ। रौतहटको मौलापुर नगरपालिकामा स्यालको आक्रमणबाट एक महिला घाइते भएकी छन्। 

घाइते हुनेमा मौलापुर नगरपालिका वडा नम्बर ७ की करिब ५५ वर्षीया बासमती देवी रहेको प्रहरीले जनाएको छ।

पूजा गरेर घर फर्किने क्रममा एकान्त बाटोमा स्यालले  उनीमाथिआक्रमण गरेको हो। आक्रमणबाट महिलाको ओठमा चोट लागेको छ।

मौलापुरमा प्राथमिक उपचार गरी महिलालाई थप उपचारको लागि वीरगंज पठाइएको छ।

प्रकाशित: १३ आश्विन २०७९ ११:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App