coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धनुषामा काकाले गरे ४ वर्षीय भतिजाको हत्या

धनुषामा भतिजालाई हत्या गरेको आरोपमा काका पक्राउ परेका छन्। बुधबार क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरकाका ४ वर्षीय भतिजा अनुप पासवानलाई हत्या गरेको आरोपमा काका रवि पासवान पक्राउ परेको धनुषा प्रहरीका प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

प्रहरीका अनुसार बुधबार दिउँसो ३ बजे रविले रडले हिर्काउँदा उनकै भतिजा ४ वर्षीय अनुप पासवानको मृत्यु भएको छ। रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए। घाइते बालकको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

भतिजाको हत्या आरोपमा प्रहरीले रविलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेको छ। बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। हत्याको कारण खुल्न नसकेको र घटनाको विषेश अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०७९ १४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App