८ वैशाख २०८१ शनिबार
समाज

चाडबाडमा दुर्घटना बढेपछि चार पाङग्रे सवारीमा टाइम कार्ड

फाइल तस्बिर

चाडबाडमा दुर्घटना बढेपछि कपिलवस्तुमा चार पाङग्रे सवारीमा टाईम कार्ड लागु गरिएको छ। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत पिपरादेखि शिवपुरसम्म चल्ने चार पाङग्रे सवारीकालागि टाईम कार्ड लागु गरिएको हो।

गत असोज १० गतेदेखि चार पाङ्ग्रे सवारीमा टाईम कार्ड लागु गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक यागेन्द्र तिमिल्सिनाले बताए। शुक्रबार मात्र जिल्लाका ३ स्थानमा भएको दुर्घटनामा ३ जनाकाे मृत्यु भएकाे थियाे भने ३० बढी घाइते भएका थिए। त्यसअघि पनि दिनहुँ जसो दुर्घटना भइरहे पछि गत आइतबार प्रजिअ धर्मेन्द्रकुमार मिश्रसहितको सुरक्षा समितिको टोलीले राजमार्ग स्थित बढी दुर्घटना हुने क्षेत्रको अनुगमन गरेकाे थियाे।

सोही अनुगमन पछि साेही दिनदेखि रामार्ग क्षेत्रमा टाईम कार्ड लागु गरिएको थियो। ट्रक र टिप्पर निजी कार, बस, तरकारी र कुखुरा बोक्ने गाडीमा टाईम कार्ड संचालन गरिएको छ। सो संचालन भए पछि टाईम कार्ड प्रभावकारी बन्दै गएको  छ। १० गते पछि अहिले सम्म एउटा मात्र सामान्य खालको दुर्घटना भएको छ।

सो रुटमा गुड्ने सवारी साधनलाई टाईम कार्ड दिईने छ। त्यस अनुसार पिपरादेखि शिवपुरसम्मको ४१ किलो मिटरका लागि न्युनतम ५४ मिनेटको समय दिइएको छ। यस्तै पिपरादेखि गोरुसिंगे सम्म १७ किलो मिटर बाटोका लागि २२ मिनेट, गोरुसिंगेदेखि चन्द्रौटा सम्म १९ किमिकालागि २६ मिनेट, त्यस्तै गोरुसिंगेदेखि शिवपुरसम्म २४ किमिका लागि ३२ मिनेटको सयम सिमा निर्धारण गरिएको छ।  प्रजिअ मिश्रले राजमार्गमा दुर्घटना बढदै गएका र त्यसको प्रमुख कारक तीब्र गति रहेको भन्दै ट्राफिक प्रहरीले टाईम कार्ड लाई शसक्त रुपमा अघि बढाइएको बताए।

सडक सुरक्षा प्रभावकारी बनाउन उक्त कार्यक्रम ल्याइएको उनले बताए। जिल्ला स्थित सुरक्षा समिति, राजमार्ग क्षेत्रका स्थानीय तह तथा यातायात व्यवसायी बीचको बैठकले टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सार्वजनिक तथा मालवाहक साधनलाई टाइम कार्ड वितरण कार्य जारी छ। तिब्र गतिका कारण ट्रिपरलाई नियन्त्रण गरेपनि सार्वजनिक र मालवाहक साधनको गति नियन्त्रणमा नआए पछि सो संचालन गरिएको हो।

साघुरो सडक, सवारीको संख्यामा व्यापक वृद्धि, सवारीको गति अत्याधिक हुनु, चालकको लापरवाही अस्वस्थ ओभरट्याक गर्ने कारणले सवारी दुर्घटना बढ्दै गएको ट्राफिक निरिक्षक तिमिल्सिनाको भनाइ छ। सवारी दुर्घटना न्यूनीकरणका लागि स्थानीय तहसंग सहकार्य गरि विभिन्न अभियान समेत संचालन गरिने भएको छ। प्रमुख जिल्ला मिश्रले सडक दुर्घटना न्यूनीकरण गर्नु सबैको दायित्व भएको बताए। ‘ स्थानीय सरकार, प्रहरी, प्रशासन सबैको दायित्व हो, सडक सुरक्षित हुनुपर्छ उनले भने।

प्रकाशित: १२ आश्विन २०७९ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App