coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सल्यान जीप दुर्घटना: मृतक आठै जनाको पहिचान खुल्यो

सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। राप्ती राजमार्ग अन्र्तगत सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै बुधबार बिहान ३ बजे जीप दुर्घटना भएको हो।

बाँकेको ढकेरीमा विवाहमा गएर फर्किएकाहरु चढेको रा१ज ५६३ नम्वरको जीप दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार जीप चालक कपुरकोट–६ का २१ वर्षीय जीतबहादुर बोहरा, सोही ठाउँका ३७ वर्षीया धर्मा वली, ४० वर्षीय टोपबहादुर वली, धर्माका ११ वर्षीय छोरा वशन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वलीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका कपुरकोट–६ का तिलक वलीको दाङको तुलसीपुरमा उपचार भइरहेको छ।  

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी पोषराज पोखरेलका अनुसार मृतक सबै एकै ठाउँका हुन्। उनका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन्।  ‘मृतक सबै विवाहमा सहभागी भएर फर्किएकाहरु रहेको बुझिएको छ,’ उनले भने, ‘घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।’

प्रकाशित: १२ आश्विन २०७९ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App