coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झुलुवा संस्कृति 'पिङ' लाई जगेर्ना गर्दै गौर नगरपालिका

तराई मधेसमा झुलुवा भनेर चिनिने पिङलाई गौर नगरपालिकाले संरक्षण गर्ने सार्थक प्रयास गरेको छ। दशैँदेखि छठसम्म जताततै देखिने पिङ र चंगा अहिले करिब लोप हुन थालेको छ। दशैँदेखि छठसम्म मुख्य गरी बालबालिका, किशोर किशोरी र नवयुवाहरुले मच्चिने गरेको पिङ हराउँदै गएपछि गौर नगरपालिकाले झुलुवा संस्कृतिको जगेर्ना गर्ने अभ्यास थालेको छ।  

नगरमा रहेको व्यारेक फिल्डमा नगर प्रमुख शम्भु साहको व्यक्तिगत पहल तथा लगानीमा दुईओटा पिङ हालिएको छ। दशैंदेखि छठसम्म पिङ खेल्नु परम्परागत मौलिक तथा धार्मिक संस्कृति भएकाले  संरक्षण र प्रवद्र्धन गर्न आफूले पिङ हालिदिएको नगर प्रमुख साहले बताएका छन्।  

पुराना पुस्ताले बसाएको संस्कृति नयाँ पुस्ताले बिर्सँदै गएकाले नयाँ पुस्तालाई पनि यसबारे ज्ञान दिँदै आफ्नो संस्कृति, परम्पराप्रति लगाव जगाउने उद्देश्यले पिङ हालिएको नगर प्रमुखशाहको भनाइ छ। अहिलेको पुस्ता मोबाइलमा हराउन थालेको र आफ्नो संस्कृतिलाई बिर्सन थालेकोले दशैँदेखि छठसम्मको स्वस्थ्य परम्परागत मनोरंजन र शारीरिक तन्दुरुस्तीको लागि दुई पिङ हालिएकाले युवाहरु पिङतर्फ आकर्षित हुने विश्वास आफूले लिएको नगर प्रमुख साहले बताएका छन्।  

व्यक्तिगत पहलमा पिङ हालेर युवापुस्तालाई आफ्नो मौलिक संस्कृतिको ज्ञान दिन लागेको कार्य सराहनीय भएको भन्दै सबैलाई पिङ खेलेर मनोरञ्जन लिन नगर प्रमुख साहले आग्रह गरेका छन्। पिङ हालिएपछि पिङ खेल्नेको घुइँचो लागेको छ। नगर प्रमुख साहको कार्यको जिल्लाभरि प्रशंसा भइरहेको छ।

प्रकाशित: ११ आश्विन २०७९ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App