७ वैशाख २०८१ शुक्रबार
समाज

फोनिजको प्रदेश स्तरीय तेस्रो प्रादेशिक भेला सुरु

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १ नं प्रदेश स्तरीय तेस्रो प्रादेशिक भेला ताप्लेजुङ सदरमकाम फुङलिङमा मंगलबारबाट सुरु भएको छ।

असोज ११ देखि १३ गतेसम्म ताप्लेजुङको फुङलिङमा हुने ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर तीन महिने सुदृढीकरण अभियान अन्र्तगत प्रादेशिक भेला सुरु भएको हो। भेलाको उद्घाटन १ नं प्रदेशका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले गरेका छन्।

फोनि १ नं प्रदेश समिति अध्यक्ष सन्तवीर लामाले बुधबार सकिने प्रादेशिक भेलाले महत्वपूर्ण विषयमा छलफल गरी घोषणापत्र जारी गर्ने तयारी रहेको सुनाए। आथित्य शाखा फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङखिमले महोत्सवकै अवसर पारेर आयोजित भेलाले तीन महिने सुदृढीकरण अभियानको क्रममा एक कोशे ढुङ्गा बन्ने विश्वास लिए।

कार्यक्रममा १ नं प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङलिङ नगरप्रमुख अमिर मादेन, जिसस उपप्रमुख कृष्णप्रसाद लिङखिम, विभिन्न पालिकाका अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी महेशकुुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखहरु, फोनिजका संघीय अध्यक्ष गजुरधन राई लगायतका केन्द्रका पदाधिकारी तथा सदस्यहरु, फोनिजका विभिन्न जिल्लाका कार्य समितिमा आवद्ध अगुवाहरु, फोनिजका अग्रज व्यत्तित्व कौशल चेम्जोङ लगायतका व्यत्तित्वहरु, विभिन्न जातीय संस्थाका अगुवाहरुको सहभागीता रहेको थियो।

लिम्बू जातिको च्याब्रुङ नाचबाट कार्यक्रमको सुरुवात गरिएको थियो। उद्घाटन सत्रपछि सुरु हुने दोस्रो सत्रको छलफलमा फोनिजको आगामी कार्यदिशा र सुदृढीकरण अभियानका विषयमा छलफल प्रारम्भ हुने फोनिजका १ नं प्रदेश समिति सचिव सन्देश सुब्बाले जानकारी दिए। फोनिज ‘समानुपातिक, शुसासन र समृद्धिका लागि कलम’ नाराका साथ सांगठनिक अभियानमा रहेको छ।  

प्रकाशित: ११ आश्विन २०७९ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App