coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बागमती प्रदेशमा ५२ वटा यात्रु सहायता कक्ष स्थापना

फाइल तस्बिर

चाडपर्वका समयमा सर्वसाधारण यात्रुको सहजताका लागि बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभर ५२ वटा यात्रु सहायता कक्ष स्थापना गरेको छ। चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअनुरूप यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

चाडपर्वका समयमा भीडभाड हुने र आम नागरिकलाई यात्रामा असहज हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बागमती प्रदेशअन्तर्गतका १० जिल्लामा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्जले जानकारी दिइन्। उनका अनुसार बागमती प्रदेशअन्तर्गतका बसपार्क तथा भीडभाड र आवतजावत बढी हुने स्थानमा ट्राफिक प्रहरीसहितको सहायता कक्ष स्थापना गरिएको छ। मकवानपुरमा ८, चितवनमा ४, धादिङमा ६, नुवाकोट र रसुवामा ६÷६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछापमा २ र सिन्धुली जिल्लामा ५ वटा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।  

स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरीसहित एक सिफ्टमा १५६ जना प्रहरी हुने गरी २४ सै घन्टा प्रहरीको उपस्थिति रहने छ।  

डीआइजी बज्राचार्यले भनिन्, ‘चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगीलगायतका घटना हुन नदिन बागमती प्रदेशको प्रहरी टोली तयार छ। यस अभियानमा सर्वसाधारणको समेत सहयोग र समन्वयको अपेक्षा राखेका छौं।’ प्रहरीले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र कुनै पनि घटना भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।

प्रकाशित: ११ आश्विन २०७९ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App