coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखा दरबार र मनकामनामा जमरा राखियो

गोरखा दरबारमा राखिएको जमरा। तस्विर: नागरिक

गोरखाको प्रसिद्ध धार्मिक स्थलगोरखा दरबारमा(आज) आइतबार घटस्थापनाको साईत पारेर १० बजेर २३ मिनेटमा जमरा राखिएको छ। ‘बिभिन्न ठाउँमा करिब तीन पाथी जौ को जमरा राखेका छौँ’ गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले भने।  

गोरखामा रहेको अर्को प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको छ। पहिल्यैदेखि मनकामनामा त्यहाँका पुजारीले आंफै शुभ साईत निकालेर जमरा राख्ने गर्छन। ‘विधी पुरा गरेर हामीले बिहानै जमरा राख्यौँ’ मनकामना मन्दिरका पुजारी इन्सान थापाले भने। त्यसरी राखिएको जमरा प्रसादको रुपमा बिजयादशमीमा लगाईनेछ।

गोरखा दरबारमा पनि धार्मिक वीधिपूर्वध बिहान सवेरै कालिकाको माथिल्लो कोठाबाट मुल पुजा कोठामा भगवतीलाई सारिएको थियो। कालिका भगवतीको मन्दिर, गोरखनाथ गुफा, उपल्लोकोट, तल्लोकोटमा जमरा फरक फरक ठाउँमा जमरा राखिएको छ।  

‘यसरी राखिएको जमरा फुलपाती भित्र्याउन हनुमान ढोका लैजाँदा होस् वा यहाँको पुजाआजा होस्, सबैमा प्रयोग हुन्छ।’घटस्थापनाको दिनदेखि गोरखा दरबारमा पुजाआजा सुरु भएको छ। हरेक दिन बली दिईन्छ। ‘घटस्थापनाको दिन गोरखकाली र गोरखनाथमा बलि दिईन्छ’ अड्डा प्रमुख भुषालले भने।  

गोरखकाली मन्दिरमा बली सहितको पुजाआज गर्ने भक्तजन दशैँको अवसरमा धेरै हुने गर्छन्। अष्टमीको दिन भक्तजनको झनै भिड लाग्छ। दरबार हेरचाह अड्डाले पञ्चमी सम्मको बली ब्यवस्थापन गरेको हुन्छ। फुलपातीसम्म बोकाको बली दिईन्छ भने अन्य समयमा विधी अनुसार बोका, सुँगुर र राँगोको बली पनि चढाईन्छ। ‘बलीको प्रकृती फेरिएको छैन, संख्या मात्रै केही कम भएको हो’ अड्डा प्रमुख भुषालले भने।

प्रकाशित: १० आश्विन २०७९ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App