coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नक्कली रूपैयाँ कारोबारी सार्वजनिक

नक्कली नेपाली रूपैयाँसहित पक्राउ परेका एकजना कारोबारीलाई जिल्ला प्रहरी कार्यालय बाराले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका व्यक्तिमा सिम्रौनगढ नगरपालिका ५ का जगदेव महतो नुनिया रहेको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक होबीन्द्र बोग्टीले बताएका छन्।

नुनियाले नक्कली रूपैयाँको कारोबार गरिरहेको र उसले घरमै रकम राखेको सूचना आएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढ र जिल्लाबाट खटिएको टोलीले खानतलासी गर्दा निजको घरबाट ८२ हजार पाँच सय नक्कली नेपाली रूपैयाँ बरामद गरेको बोग्टीले बताए। बरामत गरिएको रूपैयाँमा हजार दरका ८१ थान र पाँच सय दरका तीन थान रहेको उनले बताए।

पक्राउ परेका नुनियालाई कसले नक्कली नेपाली रूपैयाँ दिएको र नक्कली रूपैयाँलाई यिनीहरूले कसरी चलाउने गरेको त्यसको अनुसन्धानसमेत सुरु गरिएको उपरीक्षक बोग्टीले बताए।गत वर्ष मात्रै सिम्रौनगढ क्षेत्रबाट दुई लाख ७५ हजार र तीन लाख एक हजार गरेर चार लाख ७६ हजार नक्कली रूपैयाँ बरामद गरिएको बोग्टीले बताए।

गत वर्ष बरामद गरिएको रूपैयाँ र अहिले बरामत गरिएको नक्कली रूपैयाँको मुख्य कारोबारी एउटै हुन् कि अलगअलग छन्, त्यसको अनुसन्धान गरिएको उनले बताए।

प्रकाशित: १० आश्विन २०७९ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App