coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिककर्मी मिथिलेश यादव ‘रोटरी जोर्नो अवार्ड’ बाट सम्मानित

नागरिककर्मी मिथिलेश यादव ‘रोटरी जोर्नो अवार्ड’ बाट सम्मानित भएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले यादवलाई वातावरण विधामा अवार्ड प्रदान गरेको हो। पत्रकारितामार्फत देश र समाजलाई योगदान पुर्‍याएको भन्दै उक्त अवार्ड प्रदान गरिएको रोटरीले जनाएको छ। 

यादवले सम्मान पत्रसहित २५ हजार राशीको पुरस्कार पाएका छन्। रोटरीले वातावरण, स्वास्थ्य, आर्थिक, शिक्षा, महिला विधामा कलम चलाउने चार जनापत्रकारलाई उक्त राशीसहितको सम्मान पत्र प्रदान गरेको हो। स्वास्थ्यतार्फ प्रवीण ढकाल, आर्थिकतर्फ शरदचन्द्र भण्डारी, शिक्षा तर्फ शेषकान्त पण्डित र महिलातर्फ दुर्गा देवकोटाले अवार्ड पाएका छन्।

रोटरीले सात प्रदेशमा १/१ जना पत्रकारलाई २० हजार राशीको पुरस्कार पनि प्रदान गरेको छ। प्रदेश १ बाट अर्जुन कुमार आचार्य, मधेस प्रदेशबाट नेहा झा, बागमती प्रदेशबाट नवराज छत्कुली, गण्डकी प्रदेशबाट कोपिला कँडेल, लुम्बिनी प्रदेशबाट डिलाराम भुसाल, कर्णाली प्रदेशबाट सरिता चलाउने र सुदूरपश्चिम प्रदेशबाट हरिष विक पुरस्कृत भएको रोटरीले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७९ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App