coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश १ को मुख्य न्यायधिबक्तामा अधिबक्ता परिवर्तन राई नियुक्त

प्रदेश नंं. १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त भएका छन्। मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन्।  

नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आइतबार  प्रदेश प्रमुख, मुख्यमन्त्री राजेन्द्रकुमार राई, सभामुख प्रदीपकुमार भण्डारीको समुपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथग्रहण गराए। 

बूढानिलकण्ठ नागरिपालिका सुकेधारा स्थायी ठेगाना भएका राई खोटाङ जिल्ला साकेला गाउँपालिका वडा नं.२, रतम्छामा वि.सं.२०३५ बैशाख १ गते जन्मिएका हुन्। यसअघिका मुख्यन्यायाधिवक्ता भोजराज श्रेष्ठले राजीनामा दिएपछि अधिवक्ता राईलाई मुख्यन्यायधिबक्तामा नियुक्त गरिएको हो। श्रेष्ठ गत पुसमा मुख्यन्यायधिबक्तामा नियुक्त भएका थिए। ९ महिनामै श्रेष्ठलाई हटाएर मुख्यन्त्री  राजेन्द्र राईले नयाँ मुख्य न्यायधिबक्तामा परिवर्तन राईलाई नियुक्त गरेका हुन्।

प्रकाशित: ९ आश्विन २०७९ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App