७ वैशाख २०८१ शुक्रबार
समाज

बैतडीमा विद्युतीय राहदानी सेवा बन्द

फाइल तस्बिर

बैतडीमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को व्यवस्था नहु्न्जेलसम्म सेवा बन्द भएको जनाएको छ। विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शंकर बोहराले बताए।  

यहाँको सर्भरको कनेक्सन केन्द्रको सर्भरसँग नभएकाले सेवा अवरुद्ध भएको हो। बन्द भएको विद्युतीय राहदानी सेवा फेरि सञ्चालन हुन केही दिन लाग्न सक्ने बताइएको छ। राहदानी सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्। गत जेठदेखि जिल्लामा विद्युतीय राहदानी बनाउन थालिएको हो।

प्रकाशित: ८ आश्विन २०७९ ०६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App