८ वैशाख २०८१ शनिबार
समाज

नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ।  

गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।  

अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।  

चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ। यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौं पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। रासस

प्रकाशित: ८ आश्विन २०७९ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App